युवराज घिमिरे,
नेपालले विभिन्न समय, काल, परिस्थिति र सन्दर्भमा आफ्नो विविध पहिचान र हैसियत स्थापित गर्दै आएको छ, अन्तर्रा्ष्ट्रिय जगत्मा । बुद्धको देश, हुएनसाङको अध्ययनमा इमानदारहरूको देश, भारत र अन्य छिमेकमा ब्रिटिस तथा अन्य युरोपेली साम्राज्य फैलिँदा स्वतन्त्रताका हिमायती र योद्धा तथा वीरहरूको देश । यी फरक परिवेशमा नेपालले कमाएका राष्ट्रिय पहिचान हुन् ।
पृथ्वीनारायण शाहको सबल नेतृत्वमा नेपालको एकीकरण, नेपालमा राणाशासनको उदय र अन्त्य अनि द्वितीय विश्वयुद्धको अन्त्यसँगै धराशायी हुँदै गएको उपनिवेशवाद र प्रजातन्त्रप्रतिको बढ्दो आकांक्षामा नेपालको संलग्नता आदि राष्ट्रको जीवनमा अन्य महत्वपूर्ण, ऐतिहासिक र प्रतिनिधि कोसेढुंगा थिए ।
भारतको स्वतन्त्रतापछिको त्यहाँका सर्वोच्च नेतृत्व र सरकारको तहमा आफ्नो र छिमेकी मुलुकको स्थायित्व र स्वतन्त्रताप्रतिको विरोधाभासपूर्ण व्यवहार तथा नीति पनि भारतीय स्वतन्त्रतापछिको नेपालको नियतिको एउटा मुख्य कारण बन्न पुगेको छ ।
नेपाललाई ‘हिमाली अधिराज्य’ (हिमालयन किङडम) को उपाधि राजा पृथ्वीनारायण शाहले दिएका हैनन् । उनले त सैन्य, भौगोलिक र राजनीतिक विजयपछि सांस्कृतिक, धार्मिक र भावनात्मक एकीकरणको प्रयासमा नै विजयपछिका अन्तिम ६ वर्ष बिताए ।
गोरखाबाट काठमाडौं राजधानी कायम मात्र गरेनन्, नेपाल खाल्डोकै संस्कृति, पर्व र परम्परागत मान्यता सकभर अपनाए । नेपाललगायत कश्मीर, भुटान, सिक्किम र तिब्बतलाई बेलायतीहरूले ‘हिमालयन किङडम’ मान्दै तिनीहरूसँगको सम्बन्धको नीति र व्यवहार परिभाषित गरे ।
भारतको स्वतन्त्रतासँगै कश्मीर उसमा विलय भयो, भुटान र सिक्किम उसका ‘संरक्षित राज्य’ बन्न पुगे । त्यसको सात वर्षमा तिब्बतको हैसियत अर्को बन्न पुग्यो । भारतीय स्वतन्त्रताको २८ औं वर्षमा सिक्किम भारतको संरक्षित राज्यबाट उसको प्रान्त बन्न पुग्यो, चोग्यालको ‘सामन्ती शासन’ समाप्तिको लागि क्रान्तिका अगुवा लेन्डुप दोर्जीको नेतृत्वमा ।
नेपालले आफ्नो स्वतन्त्र हैसियतमा सम्झौता गर्न मानेन । भारतीय सुरक्षा छाताभित्र रहन र भारतलाई आफ्नो विदेश नीतिको सञ्चालनको जिम्मा दिन नेपाल कहिल्यै तयार भएन, सन् १९४७ पछि स्वतन्त्र भारतका अनेकौं प्रयास पनि । सम्भवतः एउटा महत्वाकांक्षी नेता र एउटा स्वतन्त्रता आन्दोलनको अगुवाको मनोविज्ञानको नेताबीचको द्वन्द्वको फाइदा नेपालले पायो, त्यसबेला ।
महत्वाकांक्षी नेताका रुपमा नेहरूले बराबर नेपाली विदेश मामिलाको सञ्चालन गर्न नखोजेका हैनन्, तर त्यसलाई राजा महेन्द्र र पछि कुनै पनि नेताले स्वीकार गरेनन् । उता सुरक्षा छाताका बारेमा उत्तरमा ‘हिमालय’ नै भारतको सुरक्षा किल्ला हो भन्ने नेहरूको अभिव्यक्तिलाई पहिलो निर्वा्चित संसद्बाटै प्रधानमन्त्री बीपी कोइरालाले अस्वीकार गरेर राजा महेन्द्रले अगाडि बढाएको नेपालको स्वतन्त्र हैसियतको परिचय दिएका थिए ।
टंकप्रसाद आचार्यलगायत बीपीदेखि सुवर्ण शमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि र उनीहरूबाट दीक्षित नेपाली कांग्रेसका नेताहरूमा राष्ट्रियता र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता र समर्पण रहेकाले मुलुकको वैदेशिक र सुरक्षा नीतिप्रति नेपाली कांग्रेस लामो संवेदनशील रहिरह्यो । ०७ सालपछि महत्वपूर्ण ठाउँहरूबाट क्रमशः भारतीय सल्लाहकार, प्रशासनिक र सैनिक निकाय हटाइँदा सबैको समर्थन रह्यो ।
पञ्चायतलाई जति गाली गरे पनि, नेपालको राष्ट्रियताको संवद्र्धन र विकास तथा भौतिक पूर्वाधार निर्माणमा त्यो समय अत्यन्त उत्पादक र महत्वपूर्ण रहेको अहिले सबैले स्विकारेका छन् । तर दुर्भाग्य प्रजातन्त्र स्थापनाको नारा र त्यसमा विदेशी वर्चस्वले नेपालको राष्ट्रियता र स्वतन्त्र हैसियतलाई डामेको आभास अहिले हुन थालेको छ ।
सम्भवतः भट्टराई र मनमोहन अधिकारीबाहेक ०४७ पछि सत्ताको नेतृत्व गर्नेहरूमध्ये अधिकांशको घोषित मूल्य र मान्यता प्रतिबद्धताको कमी हुनुले नेपाली राजनीतिलाई क्रमशः मूल्यविहीन बनायो । माओवादी नेतृत्वले शान्ति प्रक्रियामा आएपछि उनीहरूको ‘क्रान्ति’ र ‘क्रान्तिकारिता’ रणनीतिक मुकुन्डा थिए र उनीहरू बाह्य शक्तिबाट परिचालित थिए भन्ने १० वर्ष्भित्रै सावित गरेपछि ‘पञ्चायत’ झन् आदरयुक्त व्यवस्था बन्न पुगेको छ ।
आफ्नो महत्वाकांक्षा पूर्तिमा देश सञ्चालनको तालाचाबी अन्यत्रै बुझाउन र परिआएमा देश टुक्र्याउन पछि नपर्ने वर्तमान नेताहरूको व्यवहार र चरित्रले ‘क्रान्ति’ त्यही अनुपातमा घृणाको विषय बनेको छ, आम नेपालीसँगै हिजो तिनै ‘क्रान्तिकारी’ नेतृत्वको आदेशमा ‘नेपालीहरू’ लाई नै मार्न बन्दुक उठाउनेहरूको नजरमा पनि क्रान्ति राष्ट्रियता र मुलुकको स्वतन्त्र हैसियतमाथिको सम्झौता त थिएन ? प्रश्न तेर्सिएको छ ।
संघीयता विश्वका तीन दर्जनजति मुुलुकले विभिन्न स्वरूपमा अपनाएको प्रशासनिक शासन व्यवस्था हो । बृहत् र सर्वपक्षीय छलफलबाट साझा मान्यता विकसित गर्दै उपयुक्त संविधान, कानुन र संयन्त्र बनाइएको भए नेपालको लागि पनि त्यो वैकल्पिक प्रयोग बन्न सक्थ्यो ।
तर यहाँ संघीयताको कथित आन्दोलन र संविधानमा त्यसको व्यवस्था षड्यन्त्रकारी तरिकाबाट भएको छ । विदेशी मन्त्र र पैसामा कहिले जातीय राज्य, कहिले कृत्रिम ‘मधेसवाद’ का आधारमा पहाडीविरुद्धको संघीयता र कहिले ‘मधेसी जनजाति अव्यावहारिक गठबन्धन’ को अस्पष्ट र घृणा तथा निषेधमा आधारित संघीयताको वकालत गरिएको छ यहाँ । अहिले प्रदेश पाँच र प्रदेश चार प्रभावित हुने गरी प्रस्तावित संविधान संशोधनले निषेध र छुवाछूतमा आधारित संघीयताको वकालत गरेको छ ।
किन पहाडी जिल्ला या पहाडसँग जोडिएका जाति, जनजाति, थारूबहुल प्रान्तमा अटाएनन् त ? त्यसैले देखाउँछ, ‘संघीय समाजवाद’ ले अगाडि बढाएको गठबन्धन नक्कली र देश विखण्डनको सूत्र हो । पहिलो चरणमा थारूविरुद्ध पहाडी र जनजातिलाई उभ्याउँदै छ, माओवादीविरुद्ध गौरकाण्डमार्फत ‘मधेसी’ लाई उभ्याएजसरी ।
अनि त्यसपछि थारू समुदायमाथि अंगीकृत मधेसी नेतृत्व लाद्ने पूर्वाभ्यास हुँदैछ, ‘क्रान्तिकारी’ माओवादी नेतृत्वमा । एसडी मुनीले मधेसी र जनजाति एकताको वकालत के नेपालको राष्ट्रियताको संवद्र्धन, राजनीतिक स्थायित्व र सामाजिक सद्भावका लागि गरेका होलान् त ?
जातीयता, धर्मान्धता र पहिचानको कृत्रिम व्याख्यालाई राष्ट्रियतासँग जोडी अलग राज्य माग्ने आजको माग समयमै बहस, विवेक र त्यसमा आधारित सामूहिक अडानबाट पराजित गरिएन भने त्यो विखण्डनको विशाल वृक्ष बन्न सक्छ, केही दिनमा ।
त्यस अर्थमा पुष्पकमल दाहालको नेतृत्वमा अगाडि बढाइएको यो विखण्डन अध्याय दुई नेपालीका लागि समयमै एउटा चेतावनीको रूपमा आएको छ । पहिलो अध्याय बाह्रबुँदेमार्फत नेपाली राजनीतिको तालाचाबी दिल्लीमा बुझाएर आएपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको आदेशमा उनका गृहमन्त्री कृष्णप्रसाद सिटौलाले रचेका थिए ।
पृथ्वीनारायण शाहको जन्मदिनलाई सार्वजनिक छुट्टीको सूचीबाट हटाएर ‘राष्ट्रिय एकीकरण’ र त्यसका ‘हिरो’ को अवमूल्यन गरिएको थियो । त्यससँगै पृथकतावादी एजेन्डालाई प्रोत्साहित गरिएको थियो । नेपालको इतिहास, संस्कृति र अखण्डताप्रति विद्वेष फैलाउने त्यो कार्यलाई माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चालगायतका शक्तिहरूले चुनौती नदिएकाले आज अध्याय दुई रचिँदै छ ।
‘चार वर्ण र छत्तीस जात’ को साझा फूलबारीलाई ‘अंगीकृत’ बहुल बनाउने षड्यन्त्रको रचना पनि पृथ्वीनारायण शाहकै अपमानसँगै सुरु भएको हो नागरिकताको अनियन्त्रित व्यापारबाट । तर यसले भोलिको अवस्थामा ‘अंगीकृत’ विरुद्ध संगठित असहिष्णुता जन्माउनेछ । यी प्रवृत्तिहरू विभिन्न रूपमा युरोप, भारत, अमेरिका आदिमा पनि देखिएका छन्, अलगअलग परिवेशमा ।
वास्तवमा ‘अंगीकृत’ र ‘वंशज’ दुवै नेपाली हुन् । नेपाललाई माया गर्ने अनि नेपाली पहिचान अपनाउने अंगीकृतहरू त्यस अर्थमा वंशजभन्दा कम राष्ट्रप्रेमी हुँदैनन् । तर राजनीतिमा सर्वत्र मर्यादा र मान्यताको ‘थ्रेसहोल्ड’ या सर्त हुन्छन् । नेपाललाई माया गर्ने अंगीकृतले त्यसलाई कुनै पनि नियतवश नागरिकता लिने र दिलाउनेले त्यसलाई विवादको मुद्दा बनाउनेछन् ।
अहिले त्यही भइरहेको छ । जनतालाई सामेल नगरी महत्वपूर्ण राजनीतिक निर्णय लिने र सामाजिक बहिष्कार तथा छुवाछूत तथा घृणामा आधारित संघीय प्रान्त बनाउने खेल त्यही मान्यताको पाटो हो । विविधतालाई अस्वीकार गर्ने खेल पनि हो यो । अर्को अर्थमा सामाजिक र जातीय घृणा फैलाउने या निषेधको नीति तथा व्यवहारलाई संस्थागत गर्ने खेल पनि हो यो ।
थारू नेपालका आदिवासी हुन् । त्यस्तै उर्वरभूमि मधेसमा पुस्तौं पहिले बसाइँ सरेका पहाडी, त्यहाँका रैथाने मेधसीहरूको नेपाली हैसियत अवमूल्यन गर्ने खेलमा ‘अंगीकृत’ मुद्दा प्रायोजित रूपमा उठाइएको छ । जबकि सीमापारिबाट अंगीकृतहरूको नेतृत्व स्विकार्न हुन्न भन्नेमा थारू, राजवंशी, रैथाने मधेसी र पहाडबाट बसाइँ सरी गएकाहरू सबैमा एकमत छ । तर त्यसप्रति नेपालको नेतृत्व तह नै संवेदनशील देखिँदैन ।
हालको लागि मोरङ र झापा तथा कैलाली कन्चनपुरको विभाजन रोकिनुलाई नै उपलब्धि मान्ने भूल केपी ओली र शेरबहादुर देउवाले पनि गर्नु हुन्न । किनकि नवलपरासीको विभाजनलाई वैधानिकता दिएर भोलि ‘आफ्ना क्षेत्र’ को विभाजन रोक्न सकिन्न । राजनीति र मुलुकभित्रको सामाजिक सद्भाव आफूपछि पनि कायम रहनुपर्छ भन्ने मान्यताबाट नेता विचलित भए भने उनीहरू ‘डिलर’ बन्न पुग्छन् ।
कमल कोइरालाको एउटा राजनीतिक पृष्ठभूमि र मौलिक सोच छ, अनि ‘राष्ट्रियता’ को पक्षमा उनी लामो बहस गर्न सक्छन्, व्यापक अन्तर्रा्ष्ट्रिय र छिमेकी परिवेशलाई ध्यानमा राख्दै एउटा प्रसंगमा उनले भने, संघीयताको मागले उग्र रूप लियो लाहानमा १६–वर्षीय रमेश महतोको मृत्युपछि ।
माओवादी नेता र वर्तमान राम कार्कीका अंगरक्षक भनी चिनिएका सियाराम ठाकुरको गोलीबाट महतो मरे । तर को हुन् ती ठाकुर ? कसैले छानबिन गरेन, त्यो घटनाको आपराधिक या षड्यन्त्रको पाटो । तर त्यसैलाई आधार बनाएर ‘संघीयता’ अपरिहार्य घोषित गरियो ।
संघीयता प्रान्तीय स्तरमा जनतालाई सशक्त गराउनको लागि हो भने ‘अंगीकृत’ नागरिकहरूको अधिकारको प्रधानता किन मुख्य विवाद बन्छ ? किन घृणा तथा छुवाछूत र मूलका आधारमा निषेधको राजनीतिले संविधानमा स्थान पाउँछ ? दाहालको संविधान संशोधनले त्यही गरेको छ ।
मधेस आन्दोलनकै क्रममा उपेन्द्र यादवको अगुवाइमा गौर हत्याकाण्ड भयो, माओवादी मारिए करिब ३० जना । टीकापुर प्रायोजित थियो, सबैले बुझेका छन् । यी सबै घटना साम्प्रदायिकताको बीउ रोप्न र घृणाको राजनीतिलाई संस्थागत स्वरूप दिन गराइएका हुन् । एउटा समूह त्यही साम्प्रदायिकता र घृणाको जगमा संघीयताको वकालत गर्दछ । त्यसैले ऊ बहस र साझा अडानको सान्दर्भिकता स्विकार्दैन ।
दाहालको सरकारले त्यही आधारमा यो संशोधन विधेयक ल्याएको छ । मधेस आन्दोलन र त्यहाँको मुद्दाबारे बाह्रबुँदेमार्फत माओवादीलाई नेपाली राजनीतिको मियो सुम्पेको भारतको स्पष्ट अडान छ । मधेसमा भारतविरोधी भावना व्याप्त छ, तर मधेसी जनताको समर्थन नभएका केही नेताहरूमार्फत उसले त्यहाँ आन्दोलन र जातीयता भड्काउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
भारत स्वयंले मुलुक विभाजन र सामाजिक विभाजनको पीडा भोगेको छ । अनुभूति गरेको छ । त्यसैले पनि नेपालमा उसले उक्साएका छद्म ‘क्रान्ति’ र ‘जातीय’ राजनीतिबाट ऊ पछि हट्छ भन्ने विश्वास गर्न सकिन्छ, छिट्टै, आज नभए भोलि । किनकि भारतको आन्तरिक राजनीतिमा त्यो नीति प्रत्युत्पादक बनेको उसले अनुभूत गरिसकेको छ ।
तर मुलुकको एकात्मकता र भावनात्मक एकीकरणलाई सुदृढ बनाउने र ‘हामी सबै नेपालीको साझा मुलुक हो नेपाल’ भन्ने भावना जागृत गराउने, अवसरमार्फत त्यसलाई आत्मसात गराउने भूमिका शासकहरूको हो । तर त्यो ०६३ को परिवर्तनको एजेन्डा बोकेका नेताहरू त्यस अर्थमा असफल भइसकेका छन् ।
दुर्भाग्य, बाह्रबुँदेका नेताहरूले राष्ट्रप्रतिको आफ्नो बफादारी सावित गर्न असफल भए । त्यसैले उनीहरूको एजेन्डा राष्ट्रघाती र राष्ट्रविरुद्धको षड्यन्त्र थियो र उनीहरू त्यसको लागि ‘विदेशी गोटी’ मात्र थिए भन्ने सन्देश छिट्टै जानेछ ।
नेपाली जनताको सहिष्णुता सम्भवतः विशाल र धेरै फराकिलो छ । तर सामाजिक विभाजन र घृणाको आगो सल्किँदा दमकल लिएर उनीहरू अगाडि बढेनन् भने इतिहासदेखि अक्षुण्ण उनीहरूको ‘बहादुर’ र ‘सहिष्णुता’ को पहिचान समाप्त हुनेछ । राष्ट्र विखण्डनको दोस्रो प्रयासलाई पराजित गर्न उनीहरू अगाडि आएमा विगत ११ वर्षमा अगाडि सारिएका अरू विकृति पनि पराजित हुनेछन् ।
नेताहरूले अझ एउटा कुरा समयमै आत्मसात गर्नु आवश्यक छ । अहिलेको विरोधले उनीहरूलाई बढार्नेछ । उनीहरूको नेतृत्व गएपछि उनीहरूको नीति र उनीहरूले ल्याएको परिवर्तन अनि उनीहरूले अपनाएका बाह्य अभिभावकहरूको हैकम पनि गुम्नेछ ।

१९५० को सन्धी परिमार्जनको कुरा नेपालमा तीन चोटी उठेको छ
कमल थापा
भर्खर मात्रै सरकारबाट अलग भएकाले आफ्नो विचार राख्न केही खुकुलो त भएको छु । तर, परराष्ट्र मन्त्रालय जस्तो संवेदनशील क्षेत्रको जिम्मेवारी बोकेकाले पदबाट हट्ने वित्तकै सबै विषय बाहिर बोल्दै हिड्नु त्यति मर्यादित हुन्छ जस्तो लाग्दैन । तथापी विषयको महत्व तथा सान्दर्भिकतालाई दृष्टिगत गर्दै आफ्नो अनुभव र जानकारी बाहिर ल्याउने प्रयास गरेको छु । मुलत १९५० को सन्धिको सेरोफेरोमा म केही कुराहरु राख्न अहिलेको अवस्थामा सान्दर्भिक देख्छु ।
जहाँसम्म नेपाल भारत सम्वन्धको पृष्ठभूमि छ । यसका बारेमा प्रायस् हामी सबैले बुझेका छौं वा केही न केही जान्दछौं । सम्वन्धका विभिन्न आयामहरु छन् । आधुनिक नेपाल निर्माणपछिको अहिलेसम्मका आरोह अवरोहको जानकारी मध्यनजर गर्दै आएका छौं । खासगरि १९५० को सन्धिलाई चलनचल्तिको हिसावले ‘अम्ब्रेला ट्रिटी’ अर्थात छाता सन्धी पनि भनिने गरिएको छ । यद्यपी यसले सबै पक्षलाई समेट्दैन । तर, नेपाल र भारतको तत्कालिन परिस्थितीमा समेट्न सकिने धेरै महत्वपूर्ण विषयलाई समेटेको छ । अहिलेसम्मको अवस्थामा आइपुग्दा यसको उपादेयता, महत्व, कार्यावन्यन पक्षकाबारेमा विभिन्न जिज्ञासाहरु छन् । यसैमा मात्र आधारित भएर नेपाल भारत सम्वन्ध अघि बढ्छ भन्ने पनि छैन । त्यो भन्दा धेरै अघि बढेर नेपाल भारत सम्वन्ध चलिरहेको छ । तैपनि यो मनोबैज्ञानिक रुपमा छाता सन्धीको रुपमा रहेको छ ।
नेपाल भारत सम्वन्धलाई नयाँ ढंगले परिमार्जन गर्न खोज्दा खास गरी नेपाल, भारत र यस क्षेत्र तथा विश्वमा नै गुणात्मक परिवर्तनलाई दृष्टिगत गर्नुपर्ने हुन्छ । यतिबेलाको सुरक्षा अवधारणा, चुनौति र आर्थिक दृष्टिकोणबाट पनि फड्को मारेको अवस्थामा छ । दुवै देशलाई यो महसुस भएको छ । धेरै फरक भइसकेको छ, त्यस बेलाको अवस्था र अहिलेको अवस्थामा । यसको परिमार्जन समयको माग भएपनि यसलाई हेर्ने दृष्टिकोणमा अवधारणागत रुपमा नै मतभेद छ । भारतले अहिले मात्र होइन यसभन्दा अगाडी पनि आधिकारिक रुपमा विचार ब्यक्त गर्दा असुविधा र अवरोध सृजना गरेको छैनौं भन्दै आएका छन् । उनीहरुले भन्दै आएका छन, ‘हामी सन्धिप्रति सन्तुष्ट छौ । यसलाई अझ प्रभावकारी ढंगले कार्यावन्यन गर्ने हाम्रो मान्यता छ ।’ उनीहरुको यो रुप हिजो पनि छ आज पनि छ । तर हामीकोमा यो सन्धी भएको केही दिन देखी नै विरोध आरम्भ भएको थियो । यसमा मुलुभुत मान्यतामा प्रश्नचिन्ह खडा गरेर विरोध हुन थालेको थियो । त्यो बेलादेखि अहिलेसम्मको अवधिमा चर्चा परिचर्चा गम्भिर ढंगले भएको छ । यो विषयमा विपक्षमा आवाज उठेको छ ।
मुख्य गरी यो विषय तीन पटक उठेको छ । पहिलोपट पञ्चायतकाल र पञ्चातकालको अन्तिम अन्तिमतिर यो विषय उठेको थियो । त्यो समयमा नेपाल भारत सम्वन्धको सम्पूर्णतामा परिवर्तन गर्नपर्ने धारणा नेपालले राखेको हो । राजनीतिक परिवर्तन पछि फरक ढंगले अघि बढ्न थाल्यो । तीन पटक भनेपनि बीच बीचमा कुरा नउठेको भने होइन । मनमोहन अधिकारीको नेतृत्वमा नेकपा एमालको सरकार हुँदा उहाँले यो विषय उठाउनु भएको थियो । अधिकारीले त्यो विषय औपचारिक रुपमा भारत समक्ष पेस समेत गर्नुभएको हो । उहाँले भारतीय धारणा बुझ्न खोजेको पनि यसबाट स्पष्ट हुन्छ । त्यसकै अनुसरण र प्रयासलाई ध्यानमा राखेर लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारले यसलाई अघि बढाएको थियो । त्यतिबेला म नै परराष्ट्र मन्त्री थिएँ ।
त्यो विषयलाई हामीले थप सघन रुपमा उठायौं । पछिल्लो समय अहिले तेस्रो पटक अलि चर्चामा आएको छ । दुवै मुलुकले प्रबुद्ध समुह गठन भएर काम थालिसकेको अवस्था छ । तर पनि मैले तीनपटक विशेष ढंगले उठेको भनिरहनुको पछाडी कारण छन । त्यो भारतको धारणा यसमा के छ रु भन्नेसंग सम्बन्धित छ । नेपालले जवजव कुरा उठाउँछ । भारतले यसमा आफ्नो धारणा राख्छ । अनि सेलाएर जान्छ । मनमोहन अधिकारी, लोकेन्द्र बहादुर चन्द हुँदा होस या अहिले सबै विषयमा चर्चा चल्छ र उसको धारणाले गर्दा सेलाएर जाने गरेको छ । यद्यपी अहिले भने समुह बनेर काम अघि बढेको छ । भारतीय धारणा स्पष्ट नआउने गरेकोले पनि यो त्यसै जाने गरेको छ । यसको अर्को कारण नेपालको राजनीतिक स्थायीत्व पनि हो ।
नेपाल परिवर्तन चाहन्छ भने हामीलाई आपत्ति छैन भनेर भारतले भनेपनि वास्तविकता त्यो होइन । के चाहन्छौ नेपालले भन्न पर्यो भन्ने गर्छ । अनि भन्छ, यसमा राष्ट्रिय सहमति छ कि छैन रु दोस्रो विषय अर्थपूर्ण छ । देशले के चाहेको छ ल्याउनुस सबै अघि बढ्ने भन्ने अनि सार्वभौम मुलुकको संसदमा रहेका दलहरुको सहमतिमा लगेको विषय माथि प्रश्न गर्दै राष्टिय सहमतिको विषय उठाउँछ । यो उसको प्रवृत्ति हो । राष्ट्रिय सहमति भन्ने विषय कस्तो हो भनेर अहिले हामीले हेरिरहेका छौ ।
मनमोहन अधिकारी र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा भारतमा आइके गुजराल प्रधानमन्त्री हुनुहुन्थ्यो । मनमोहन अधिकारीको पालमा ड्राफ्ट पनि भएको थियो । आइके गजराल नेपाल आएको बेलामा भएको सहमतिमा नै त्यो तयारी अघि बढेको हो । चन्दको पालामा पनि नेपालको तर्फबाट ड्राफ्टहरु पठाउने काम भयो । त्यस बेलामा परराष्ट्र मन्त्री थिएँ । सबै कुराकानी भएर सचिवस्तरमा कुरा उठाउने विषय आयो । तत्कालिन परराष्ट्र सचिव कुमार ज्ञवालीलाई भारत पठायौं । उहाँले सन्देश दिएपछि भारतले नेपालको चाहना र त्यसमा राष्ट्रिय समहति के छ भन्नेमा चासो राखेको थियो । त्यसपछि नेपालले चाहेको विषय स्पष्ट होस् र सहमति छ कि छैन भन्ने सन्देश पनि जाओस भनेर उच्चस्तरको टास्क फोर्स बन्यो । संसदको अन्तराष्ट्रिय समितिमा छलफल गरेर नै सबै बुँदाहरु तयार भए । त्यसमा भारतीय राजदूतसंग पनि परामर्शहरु भइरहेको थियो ।
त्यतिबेला भारतको राजदूत केवी राजन थिए । भारतमा भने हाम्रो राजदूत खाली थियो । दुवै पक्षको बीचमा धेरै चरणमा कुराकानी भयो र धेरै ‘नन पेपर’ हरुको आदान–प्रदान भयो । अन्त्यमा एउटा ‘ट्रिटी ड्रफ्ट’ तयार भयो । ‘इमेन्ट्स टु वि इनकर्पोरेट इन दी न्यू ट्रिटी’ ड्राफ्ट तयार भयो । त्यसपछि तत्कालिन संसदमा रहेका सबै दलको बैठक समेत बसेर त्यसमाथि छलफल भयो । त्यो बेलामा संसदमा नेपाली कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसन पार्टी, सद्भावना पार्टी थिए । पाँचवटै पार्टीको प्रतिनिधित्व गर्नेहरुमा कांग्रेसबाट कृष्णप्रसाद भट्टराई, एमालेबाट मनमोहन अधिकारी, राप्रपाबाट लोकेन्द्रबहादुर चन्द, मजदुर किसान पार्टीबाट नारायणमान विजुक्छे र गजेन्द्र नारायण सिंह लगायत अन्य नेताहरुको पनि उपस्थिती थियो । त्यहाँ छलफल हुँदा त्यो ड्राफ्टमा केही संसोधन भएका थिए । त्यसपछि यो भारतलाई बुझाउन योग्य डकुमेन्ट भयो भन्नेमा सबै जना पुग्नु भएको थियो । म परराष्ट्र मन्त्री भएको हैसियतमा मेरो पनि केही न केही भूमिका त्यसमा थियो ।
त्यसपछि भारतमा लगेर बुझाउन पनि म नै भारत भ्रमणमा गएँ । दिल्ली पुगेको भोलीपल्ट विहानको समयमा नै कुराकानी थालियो । तत्कालिन भारतीय विदेश सचिव रघु नाथनसंग छलफल भयो । हाम्रो परराष्ट्र सचिव कुमार ज्ञवालीले अफिसमा लगेर उक्त ड्र्राफ्ट हस्तान्तरण गर्नुभयो । त्यतिबेला परराष्ट्रमन्त्रीको जिम्मेवारीमा आइके गुजराल आफै हुनुहुन्थ्यो । त्यसपछि ट्रिटी फाइनल गर्ने विषयमा दुईपक्षीय कुराकानी भयो । दुवै तर्फबाट डेलिगेसन लेभलमा नै कुराकानी भयो । हामीे कुराकानी गर्दै गर्दा एकाएक गुजरालको अनुहारमा मलिनता छाउँदै फरक कुरा ल्याउन खोज्नुभएको जस्तो देखियो । त्यो स्तरमा पुग्ने बेलासम्म धेरै कुराकानी भएर काम अघि बढेको थियो । यसरी प्रधानमन्त्री नै अलि असहज देखेपछि मैले गोप्यमा कुरा गर्न खोजें । त्यसपछि भित्र पुगेर प्रधानमन्त्री गुजरालले भन्नुभयो, ‘तपाईको प्रधानमन्त्रीलाई भन्दिनु । गुजरालले यो प्रस्तावित ट्र्रिटी पारित गरेर छोड्छ । तर अहिले होइन । केही विरोधी आवाजहरु शान्त भएपछि तत्काल हुन्छ भनेर भनिदिनु ।’ जोसंग यति धेरै कुरा भएर गएको थियो । उहाँले नै यसो भनेपछि अलि खिन्नता पनि आयो र यो स्तरबाट यसरी भएको ‘कमिटमेन्ट’ पुरा हुन्छ भन्ने आशा पनि लाग्यो ।
गुजारालले नेपाल भ्रमणको क्रममा फुलबारी मार्ग दिएको अवस्थाले मुलुक भित्र उहाँलाई निकै असजिलो पारेकोले यसमा सचेतना अपनाएको हुनसक्ने अनुमान लगाएर म फर्कें । त्यो असजिलो अवस्थालाई आफुले बुझेर हुन्छ भन्नुको विकल्प थिएन । मैले गोप्यमा गएर छलफल गर्दा केही बेर सोचेर नै यो काम हुन्छ भनेको थिएँ । त्यसको केही समयमा नै भारतमा पनि चुनावको अवस्था आयो नेपालमा पनि सरकार परिवर्तन भयो त्यसपछि नेपालमा लगातार सरकार परिवर्तन हँुदै अहिलेको अवस्थामा आइसक्यो । नेपालमा यस विषयमा कुरा उठ्न थाल्यो भारतमा विरोध भएकोले यहाँ धेरै यस्ता विषय नउछाल्न आग्रह समेत भारतबाट आउन थाल्यो ।
नेपालमा पनि सत्ता परिवर्तन थियो । यता र उताको चाहना भएन । त्यसपछि चक्र बास्तोला परराष्ट्र मन्त्री हुनुभयो । उहाँले एक दिन संचार माध्यममा आउने गरि नै त्यो ड्राफ्ुट बाहिर ल्याउनु भयो । भारतले यो ‘नन पेपर’ हो भने । तर, त्यो नन पेपर थिएन र होइन । हाम्रो परराष्ट सचिवले बकाइदासँग त्यहाँ लगेर बुझाएको आधिकारी ड्राफ्ट हो । जुुुन विषय आफैमा गम्भिर थियो । यसमा बुझाएको हो या होइन भनेर बैंकमा झै भरपाई माग्ने कुरा त भएन । अझ मैले त सोधेको थिएँ । बुझेको विषमा केही हुन्छ कि त्यती नै हो लाने छोडुने भन्दा कूटनीतिक प्रचलन नै यस्तै हो भन्नुभएको अझै स्मरण गर्छु । बुझाएको कसरी थाहा हुन्छ भन्दा बुझाएने हो बुझाए यसमा भरपाई लिने काम हुदैन भन्नुभयो । पहिलो पटक यसरी ड्राफ्ट नै बुझाएर छलफल गर्न खोजिएको थियो ।
१९५० को सन्धिमा साधारणतया ३ वटा प्रमुख विषय छ । कन्सुलर, सुरक्षा सम्वन्धी, ट्र्रिटमेन्ट टु नेसनल भन्ने छ । हामीले नेपाल भित्र पनि तय गरेर छलफल भएको हो । कन्सुलर विषयमा अन्तराष्ट्रिय कन्भेन्सनमा हस्ताक्षर गरिएको हुनाले त्यसबाटै गाईडेड हुने गरेको छ । क्रस बोर्डर क्राइम पनि पहिला निकै थियो अहिले कम छ । तत्कालिन परिस्थितीले सुरक्षाको अवधारणालाई प्रभावित बनाएको हो । ‘ट्रिटमेन्ट टु नेसनल’ विषय नै जटिल विषय हो । संसोधनको जटिलता नै यही हो । भारतमा नेपालीलाई केही न केही सुविधा होस भन्ने नै हो । नेपालमा त्यो ट्रिटी हुँदाहुँदै बाहिर गएर कानुन बनाई सकेका छौं । हामीले नै कैयांै कानुन बनाई सकेका छौं । जसले यसलाई छायामा पारिसकेको छ । यहाँ जमिन किन्न पाउदैन विदेशीले । यसको पनि कारण छ । भारतमा सवा अर्वको जनसंख्या छ हाम्रो तीन करोड पनि छैन । हामी सबै त्यहाँ जाँदा केही नहोला तर उनीहरु केही नेपाल पस्दा पनि समस्या आउँछ । त्यसैले समस्या भनेको ‘रेकग्नाइज द स्टाटस’ नै हो । गुजरालको समयमा त्यो विषय आएको पनि ‘नन रेसिप्रोसिटी’ को विषय नै हो ।
हाम्रो विषयलाई सम्वोधन गर्न खोज्नु पनि त्यो बेलामा गुजराललेसाना देशलाई दुख दिनु हुदैन अवधारणा अन्तर्गत आएको हो । अहिले मोदीले पनि यो विषय उठाउनु भएको छ । यो आधारमा नेपाल भित्र खुला रुपमा कुरा हुनु आवश्यक छ । उनीहरु यसमा लचक देखिन्छन् । नेपालसंग यसमा स्पष्ट डकुमेन्ट भयो भने कुरा गर्न समस्या छैन । राजनीतिक स्तरमा पनि कुरा गर्न सकेको खण्डमा धरै विषय माथि उठ्ने छ । नेपला प्रतिको सदभाव सौहर्दतामा उनीहरुको कमि छ जस्तो लाग्दैन । केहीले यसमा अडेर खेलेको देखिन्छ । तर, त्यो समाधान गर्न त्यति गाह्रो छैन । अहिले प्रवुद्ध समुहले सन्धीलगायत सबै विषयमा छलफल गरिरहेको छ । यसबाट समस्या समाधानको खोजी होला भन्नेमा म विश्वस्त छु । तर, मोदीले नेपाल आउँदा भन्नुभएको विषय सम्झन आवश्यक छ । उहाँले पनि नेपालको चाहना के हो त्यसमा सबैको सहमति छ कि छैन भन्नु भएको थियो । सहमति भन्ने विषय नै गम्भिर हो भन्ने मेरो बुझाई छ ।
(गत साता आयोजित ‘नेपाल–भारत सम्वन्ध ‘१९५० को सन्धि’ बारेमा आयोजित कार्यक्रममा पूृव परराष्ट्र मन्त्री थापाले दिएको प्रवचनको सम्पादित अंश)
प्रस्तुतिः चन्द्रशेखर अधिकारी (साभारः कान्तिपुर)
आनन्दस्वरुप वर्मा,
गएको एक महिनाभित्र नेपालमा दुइटा महत्त्वपूर्ण घटनाहरू भए । जेठ ६ गते एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले १० वटा संगठनहरूलाई समेट्दै नेकपा माओवादी केन्द्र नामक नयाँ पार्टीको गठन गरे । त्यसको भोलिपल्ट काठमाडौंको सडकमा विप्लव नेतृत्वको नेकपा–माओवादीको आह्वानमा विशाल र्याली निस्कियो ।
र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ ले उनको पार्टीले जनयुद्धकालीन दिनहरूमा झैं पुनः गाउँस्तरमा ‘जनसरकार’ र ‘जनअदालत’ गठन गर्ने र प्रचण्ड नेतृत्वको ‘सक्रिय संशोधनवाद’ को विरोध गर्ने घोषणा गरे । त्यसको अघिल्लो साँझ नेकपा क्रान्तिकारी माओवादी पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा–माओवादीका अध्यक्ष विप्लव र कम्युनिस्ट न्युक्लियसका हेमन्तप्रकाश ओलीले संयुक्त वक्तव्य जारी गरी प्रचण्डको एकता अभियानको भत्र्सना गर्दै यसलाई ‘दक्षिणपन्थी गुटहरूको एकता’ भने ।
![]() |
| आनन्दस्वरुप वर्मा |
जब किरणले मूल पार्टीसँग सम्बन्धविच्छेद गरे, देशी–विदेशी प्रतिक्रियावादी तत्त्वहरूबीच खुसी छायो । तर, यसविपरीत सन् २०१४ मा जब विप्लवले पार्टी निर्माणको घोषणा गरे, उनै तत्त्वहरूबीच ठूलो डर पैदा भयो, जुन माओवादीहरूको छिन्नभिन्नताले खुसी भइरहेका थिए । ५ जून २०१२ मा विप्लवले ‘नेपाली क्रान्तिसामु रहेका चुनौतीहरू’ शीर्षक लेखमार्फत प्रचण्डले क्रान्तिमा विश्वासघात गरेको आरोप लगाए । साथै उनले यसो पनि भनेका थिए– यस विश्वासघातले निश्चित रूपमा संकट पैदा भएको छ तर त्यो प्राणघातक भने छैन । ‘हामीले यस चुनौतीको सामना गर्न सक्छौं र यसका लागि हामीले चार वटा मुद्दाहरूमा ध्यान दिनुपर्ने हुन्छ ।’ उनका चार मुद्दा यी थिए– क्रान्तिकारी विचारधारालाई जोगाउने, क्रान्तिकारी केन्द्रको निर्माण गर्ने, जनताको वैकल्पिक राज्य बनाउने र क्रान्तिकारी संघर्षलाई अगाडि बढाउने ।
पछिल्ला १० वर्ष, जहाँबाट माओवादीहरू खुला राजनीतिमा आए, एकपछि अर्को यस्ता घटनाहरू हुँदै गए, जसले जनतामा निराशा बढाउँदै लग्यो । माओवादीले ‘सामाजिक संरचनामा आमूल परिवर्तन’ को जुन सपना देखाएर जनतालाई हरेक प्रकारको त्याग र बलिदान गर्न प्रेरित गरेका थिए, ती सपनाहरू टुक्रा–टुक्रा भइसकेका थिए । बुर्जुवा राजनीतिका उतारचढाव र तिगडमहरूको अन्तःहीन यात्रा सुरु भइसकेको थियो । सन् १९९१ पछि जस्तो परिस्थिति तयार भएको थियो, त्यसमा पनि विश्वासघातको एउटा तत्व सामेल थियो । तर, यो तत्त्व राजनीतिक दलहरूको प्रणालीबाट निर्मित थियो । यस राजनीतिक प्रणालीमा जुन कम्युनिस्ट पार्टीहरू सम्मिलित थिए, ती क्रान्तिकारी थिएनन् । तिनलाई तपार्इं ‘औपचारिक कम्युनिस्ट पार्टी’ भन्न सक्नु हुन्छ । तर, आज परिस्थिति पहिलाको तुलनामा यसकारण भिन्न छ कि जनतासँग विश्वासघात ती मान्छेहरूले गरेका छन्, जसबाट उनीहरूलाई नयाँ नेपालको आशा थियो, जसले १० वर्षसम्म दुर्गमभन्दा दुर्गम क्षेत्रमा रहेर उनका लागि लडेका थिए ।
२० मेमा विप्लवको विशाल र्याली के कुराको प्रमाण हो भने जनताले यस पार्टीका नीतिहरूलाई मन पराएका छन् र यसका साथै त्यो राजनीतिक नौटंकीको विरोध गरेका छन्, जुन मात्र एक दिनअघि काठमाडौंको राजनीतिक रंगमञ्चमा पोखिएको थियो । त्यस दिन एमाओवादीमा विलयको पहल उनै बादलले गरेका थिए, जसले एकभन्दा बढी पटक सार्वजनिक मञ्चबाट प्रचण्डलाई भारतीय गुप्तचर एजेन्सी ‘र’ सँग जोड्दै आरोप लगाएका थिए । यसमा मातृका यादव पनि सहभागी भए, जसले पछिल्ला चार वर्षहरूमा प्रचण्डलाई गाली गर्ने कुनै पनि अवसर हातबाट गुमाउन चाहेनन् । आम मानिसहरूमा कस्तो धारणा भएको छ भने– जनयुद्धका दिनहरूमा भएका अपराधका सजायबाट जोगिन पनि ती सबै तत्त्व एकजुट भइरहेका छन् र यसमा जनताको भलो सोच्ने कुरासँग कुनै सरोकार राखिएको छैन ।
जसले आज पनि सम्पूर्ण दुनियाँमा र खास गरेर भारतमा फाँसीवादी शक्ति बलियो हुँदा र अन्तर्राष्ट्रिय स्तरमा वस्तुगत स्थितिहरू निकै प्रतिकूल भएको हुनाले नेपालमा कुनै जनयुद्धको कल्पना गर्न सकिँदैन भन्ने ठान्छन्, उनीहरू भित्तोमा कुँदिएको समयको वास्तविक चित्र पढ्न नसक्नेहरू हुन् । सन् १९९६ मा पनि वस्तुगत परिस्थिति निकै प्रतिकूल थियो । राजतन्त्रलाई भारत र चीन दुवैको समर्थन प्राप्त थियो र अन्तर्राष्ट्रियस्तरमा सोभियत संघको पतन भइसकेको थियो । पूरै विश्व एकध्रुवीय भइसकेको थियो र सबै अमेरिकाको बोलीमा लोली मिसाइरहेका थिए । निकारागुवादेखि पेरुसम्म क्रान्तिकारी ताकतहरूलाई निकै पछि हट्नुपरेको थियो । यस्तो विषम परिस्थितिमा नेपालका माओवादीले जनयुद्ध सुरु गरेका थिए । अन्ततः राजतन्त्रको समाप्ति र गणतन्त्रको स्थापना भएको थियो । यी पूरै परिघटनाविपरीत वस्तुगत परिस्थिति हुँदाहुँदै भएको थियो । विप्लवले जसरी हतासामा डुबेका युवाहरूलाई र निराश आम जनताको बीचमा नयाँ उत्साहको सञ्चार गराएका छन्, त्यो आमूल परिवर्तनकारी राजनीतिको सुरुवातका संकेत हुन् ।
फ्रान्सका महान् बुद्धिजीवी भिक्टर ह्युगोको यस कथनलाई कहिल्यै भुल्नु हुँदैन– दुनियाँको ठूलोभन्दा ठूलो ताकतले त्यस विचारलाई रोक्न सक्दैन, जसको समय भइसकेको छ । र, आज नेपालमा एउटा नयाँ विचारको समय आइसकेको छ, जसले ‘जनयुद्ध–२’ को संकेत गर्दैछ ।
(वर्मा भारतको दिल्लीबाट प्रकाशित हुने ‘समकालीन तीसरी दुनियाँ’ मासिकका सम्पादक हुन् । )
साभारः कान्तिपुर
राजेश विद्रोही,
चौध हजार सहिदको रगतबाट साटिएको माओवादी पार्टी आज मुठीभरका पेवा भएको छ । परिणामतः माओवादी एकता त कहिले फुटको गोलचक्करमा छन् । इमान्दार नेता कार्यकर्ता सत्य र न्यायका खोजीमा भौतारिएका छन् । तर सांगठानिक हैसियतमा पेन्डुलम बनाइएका छन् । नाफाको जीवन बाँचेका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक भविष्यमाथि नवधनाढय र दलाल नेताको रजाई छ । अर्थात् काम गर्ने हनुमान, पगरी थुत्ने ढेडु जस्तै हुन गएको छ ।
हिजोसम्म सबै खराबीको जिम्मा अरुलाई थुपार्ने आज जिम्मा लिनमा हानाथाप गर्दैछन् । जो राज्य संचालनको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व गर्छ, उसैले राज्यलाई हिम्मत छ भने मलाई जेल हालेर देखाउन र फाँसीमा झुण्ड्याउन भनेर धाक धम्की र घुर्की देखाउँछ । समय अनुकुल हुँदा सबै इतिहासको जिम्मा लिने र समय प्रतिकूल हुँदा अरुको टाउँकोमा थुपार्ने धुत्याई गर्छन् । के यहि हो फेरिएको माओवादी चरित्र रु
भोको पेटको लागि सहिद, बन्दी, बेपत्ता परिवार र घाईते आपाङ्, जनमुक्ति सेना तथा कतिपय नेता कार्यकर्ता खाडी मुलुक र बेश्यालयमा बेचिरहेका छन् । उनीहरुको जिम्मा कसले लिने रु त्यसैले जिम्मेवारी शब्दलाई अपमान गर्ने खेल बन्द हुनुपर्छ । विगतको जिम्मा लिएर केहि हुने वाला छैन । मुख्य जिम्मा त १४ हजार सहिदको रगतसँग जोडिएको सपनाको जिम्मा हो । विगतको भन्दा वर्तमान र भविष्यको जिम्मा कसले लिने प्रमुख सवाल हो । अर्थात् प्रभू दाहिने हुँदा सबै जिम्मा लिने र प्रभू बाँया हुँदा अरुको टाउकोमा खन्याउने माओवादी संस्कार र संस्कृतिको अन्त्य कहिले हुन्छ ?
परिस्थितिलाई काबुमा लिन नसक्दा र माओवादी स्वयंम परिस्थितिको काबुमा पर्दा माओवादी लक्ष्य, उद्देश्यको सामाधि हुनु र त्यसमाथि अवसरबाद हावी हुनु स्वाभाविक हो । यहाँ अवसरबाद माओवादीलाई जित्न सफल भयो र माओवादी असफल । माओवादी माक्र्सवादी नीति, सिद्धान्त र दर्शनबाट विचलित भएदेखि माओवादी आन्दोलनमा संकट थपियो । माओवादी मुल्य र मान्यता सकिदै गयो । र विजातिय वर्गको फन्दामा परेको स्थिति छ । उनमा रहेका सर्वहारा बर्गीय चरित्र इतिहासमा सीमित भयो । दश वर्षे जनयुद्धमा भएको व्यापक वर्ग उत्थान र नेतृत्वमा जन्मेको अवसरवादी तथा आत्मसुरक्षावादी चरित्रले तत्कालिन ८० प्रतिशत राज्यसत्तामाथि प्राप्त गरेको माओवादी विजय पराजयमा फेरियो ।
माओवादीहरु १० बर्षसम्म साँचिक्कै कम्प्युनिष्ट चरित्रका थिए । तर आज सकिएकै हो । इतिहासमा सीमित भएकै हो । माओवादी मुल्य र मान्यता गुमेकै हो । विचारले पेट भरिने होइन, भरिने भए आज माओवादी आन्दोलन विचलित हुने थिएन । जहाँ विचारको खानी नै थियो, विचारलाई टिकाउने हतियार हुनुपर्छ । हतियारसहितको विचार शक्तिशाली हुन्छ । जसको कमी माओवादी आन्दोलनमा रह्यो । सबै निजी स्वार्थ र व्यक्तिगत इच्छा आकांक्षातिर लालायित रह्यो र त्यो नै प्राथमिकता बन्यो । शब्द र कागजी परिवर्तनले आमुल परिवर्तन भएको भए मुलुकले किन पटक पटक ००७ साल व्यहोर्नु पर्दथ्यो र रगतको खोलो किन बगाउनु पर्दथ्यो ?
आजको दिनमा माओवादी जति पटक टुटफुट र विभाजन तथा एकता भएपनि विगतको इतिहास पुरा गर्न सक्ने हैसियतमा छैनन् । यसका लागि माओवादीले विश्वास जित्न सक्नुपर्छ । अब सर्त, अर्थ र उद्देश्यसहितको एकता संघर्ष र रुपान्तरणको सही मुल्य र मान्यता अपनाउनुपर्छ । माओवादीमा पलाएको निजी स्वार्थ र महत्वकांक्षालाई सबैले तिलाञ्जली दिनुपर्छ । विगतमा झै एउटै इतिहासमा समाहित हुनुपर्छ । यसका लागि पारदर्शी हुनुपर्छ र फेरि माओवादीहरुले धैर्यवान, सहनशील, लगनशील तथा त्याग तपस्या र बलिदानको अर्को किर्तीमान खडा गर्नुपर्छ ।
विगतमा झै एक अर्कामाथि दोषारोपण गर्नुभन्दा आपसमा शेयर लिनुपर्छ । क्रान्ति र शान्तिका परस्थिति फरक भएकाले क्रान्तिको मुल्य र मान्यता स्थापित गर्न सोही अनुसारको विधि र तरिका प्रयोगमा ल्याउनुपर्छ । यसमा राजनीतिक बैचारिक र व्यावहारिक बलिदानको खाँचो पर्छ । जुन बलिदान सबैले रोज्न सक्दैनन् । भौतिक बलिदानभन्दा यो बलिदान सयौं गुणा पीडादायी हुन्छ । के यतिबेला सबै माओावादीले यो बलिदान रोज्न सक्छन् रु माओवादीका लागि यो फलामको च्यूरा जस्तै हो । अनी मात्र एकताको आवश्यकता पुरा गर्न सकिन्छ । साँचिक्कै यसलाई चुनौती र विकासको रुपमा आत्मसात गरे ऐतिहासिक विजय पनि प्राप्त गर्न सकिन्छ ।
अहिले माओवादी र माओवादी विचारमा देखापरेको त्याग तपस्या र बलिदान टुटफुट र विभाजन, एकता संघर्ष र रुपान्तरण निजी स्वार्थका लागि मात्र हुन् । सामुहिक स्वार्थका लागि होइनन् । जुन विगतमा थियो । विगतमा पार्टी र नेतृत्व, नेता र कार्यकर्ता जनतामा केन्द्रित थियो । त्याग, तपस्या र बलिदानको आधारमा मुल्यांकन थियो । अहिले पार्टी व्यक्तिमा केन्द्रित छ । व्यक्ति, नेतृत्व नाताबाद, कृपावाद र दलालीमा सिमित छ । जसको वरीपरि सत्ताको बागडोर छ । विज्ञानको विकाससँगै मानव जातिको चेतना स्तरमा पनि विकास हुन्छ र सामाजमा सोही अनुसार गति पैदा हुन्छ ।
आन्दोलनको गतिसँगै नेतृत्व र नेतृत्वको चेतनास्तरमा बदलाब आयो । जुन बदलाब र चेतना स्तरलाई माओवादी आन्दोलनले सही तरिकाले समायोजन गर्न सकेन । नेतृत्वमा देखापरेको नोकरशाही प्रबृत्ति र कार्यकर्तामा देखापरेको अराजकताले आन्दोलन फरक फरक विचारको चपेटामा पर्यो । परिणामतः माओवादी आन्दोलनमा टुटफुट र विभाजन पैदा भयो । देशैभरि फरक फरक विचारहरु च्याउँ झै उम्रिने अवसर पाओ । विचारको विकाससँगै टुटफुट र विभाजन स्वभाविक विषय हो । मुख्य कुरा त जुट हो । तर कसरी र केका लागि भन्ने विषय मुख्य हो । यसका लागि गुण र परिणामको खाँचो पर्छ । आवश्यकताका लागि अवस्थाको खाँचो छ । त्यो अवस्था कसले सृजना गर्ने रु
अहिलेको अवस्था सकारात्मक परिवर्तनका लागि सकारात्मक एकता नै हो । एकता भनेको नयाँ उद्देश्यसहितको एकता हो । एकताका लागि बलिदान हो । बलिदान भनेको माओवादीमा देखापरेको तमाम खाले विकृति र विसंगती तथा निजी स्वार्थको बलिदान हो । अर्थात् एकता, आवश्यकता र नयाँ इतिहासको लागि बलिदान हो । यसका लागि प्रचण्ड, वैद्य, बाबुराम, विप्लव, मणी र मातृका लगायत सबै विभाजित(अविभाजित माओवादीको एक आपसमा वैचारिक विलय हो । निजी स्वार्थका लागि एकता होइन । एकतालाई एकतामा सिमित राखेर इतिहासको आवश्यकतालाई पुरा गर्न सकिदैन । हिजो र आजको माओवादीमा ठूलो अन्तर छ । त्यसको गुण र रुपमा फरक छ । विचार र शैलीमा परिवर्तन छ ।
आजको माओवादी विभाजन र आन्दोलनलाई सकारात्मक ढंगले त्यसको एकता, रक्षा, विकास र प्रयोग गर्यो भने विगतको भन्दा शक्तिशाली हुन्छ । माओवादी आन्दोलनले विगतमा लिएको लक्ष्य उद्देश्य लगभग पुरा गर्न सकिन्छ । यसका लागि फेरि निजी स्वार्थको बलिदान र सामुहिक स्वार्थका लागि त्याग, तपस्या र समर्पण नै हो । अहिलेको माओवादी विभाजनले जति कमजोर देखिन्छ, उति नै बलियो छ । यसलाई कमजोर आँक्नु हुँदैन । उनीहरुको पार्टी, संगठन, नेतृत्व र विचारको विकासलाई एक ठाउँमा बदलियो भने अहिलेको प्रतिक्रियाबादी सामान्ती राज्य व्यवस्थालाई ध्वस्त पार्न सक्छ । वैद्यानिक ढंगले नै जनवादी राज्यसत्ता स्थापित गर्न सकिन्छ । विगत जनयुद्ध कालमा ८० प्रतिशत जनसत्ताभन्दा अहिले शान्तिकालमा शतप्रतिशत राज्यसत्ता कब्जामा लिन सक्छ । अनी समय सापेक्ष नयाँ माओवादी मुल्य र मान्यतालाई स्थापित गर्न सकिन्छ । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको विड । चेतना भया ।
चौध हजार सहिदको रगतबाट साटिएको माओवादी पार्टी आज मुठीभरका पेवा भएको छ । परिणामतः माओवादी एकता त कहिले फुटको गोलचक्करमा छन् । इमान्दार नेता कार्यकर्ता सत्य र न्यायका खोजीमा भौतारिएका छन् । तर सांगठानिक हैसियतमा पेन्डुलम बनाइएका छन् । नाफाको जीवन बाँचेका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक भविष्यमाथि नवधनाढय र दलाल नेताको रजाई छ । अर्थात् काम गर्ने हनुमान, पगरी थुत्ने ढेडु जस्तै हुन गएको छ ।
![]() |
| राजेश विद्रोही |

राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुरको विवाह महोत्सवमा भाग भाग लिएर फर्किएपछि मधेसी समुदायले घोर अपमान गरेका छन् । राष्ट्रपति भण्डारी एकल महिला हुन् ।
तत्कालिन एमाले महासचिव मदनकुमार भण्डारीकी पत्नी विद्यादेवी नयाँ संविधान जारी भएपछि राष्ट्रपतिमा निर्वाचित भइन् । नेपालको दोस्रा राष्ट्रपतिका रुपमा महिला आसिन भएकोमा सबैले स्वागत गरे ।
तिनै महिला राष्ट्रपतिको हैसियतमा रामजनकी मन्दिरको विवाह महोत्सवमा भाग लिइन् । संविधान जारी हुनुअघिदेखि नै सीमांकनमा असन्तुष्टी जनाउँदै तराई–मधेसमा आन्दोलन जारी रहेको कारण राष्ट्रपतिको जनकपुर भ्रमणलाई विथोल्ने प्रयास गरिए । आन्दोलनरत दलहरुले सरकारको विरोध गर्नुलाई स्वभाविक नै मानिन्छ ।
तर मधेसी दलहरुको विरोध त्यतिमा मात्रै सीमित रहेन । मधेसी दलहरुले राष्ट्रपति भण्डारीले पाइला टेकेको स्थानलाई अपवित्र ठाने । जो राष्ट्रपतिले पाइला टेकेको कारणले मात्र थिएन । उनी विधवा हुनुको दोष मधेसी दलहरुले लगाइदिए ।
रामजानकी मन्दिर जनकपुरको एउटा धार्मिक तथा ऐतिहासिक धरोहर आम नेपाली जनताकै प्रतिष्ठा हो । राम जानकी मन्दिरको विवाह महोत्सवमा राष्ट्रपतिको हैसियतमा भएको सहभागितालाई विधवा महिलाले पाइला टेकेको भनेर ‘छोइछिटो’ गरेका छन् ।
राष्ट्रपति भण्डारीको मन्दिर प्रवेशलाई लिएर जानकी मन्दिर अपवित्र बनाएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार गंगासागरको पोखरीबाट जल ल्याएर मन्दिरमा सेचन गरे । ‘विधवा प्रवेश गरेको’ दोष कट्टी गर्न भन्दै उनीहरूले शुक्रबार साँझ मन्दिरमा दीप प्रज्वलनसमेत गरेका थिए ।
स्थानीय शिक्षक प्रदीप झाले सामाजिक सञ्जाल ट्वीटर मार्फत ‘अलच्छिन विधवा’ महिलाले विवाह पञ्चमीको रौनक नै समाप्त पारेको आक्षेप लगाउँदै ट्वीट गरिदिए । मधेसवादी दलका स्थानीय नेताहरुले मन्दिरमा विधवा प्रवेश गलत भएको भन्दै स्थानीय रेडियोहरुमा नै प्रवचन दिए ।
रामजानकी विवाह महोत्सवमा राष्ट्रपतिको पाइलालाई विधवा महिलाले पाइला टेकेको भन्दै छोइछिटो गर्नुलाई राजनीतिक क्षुद्रता होइन, धर्मको नाममा गरिएको गम्भीर अपराध हो ।
प्रश्न उठ्छ–राष्टपति जस्तो एक सम्मानित ब्यक्तिलाई ‘अलच्छिना विधवा महिला’को आक्षेप लगाउनेहरुले गाउँका गरिब तथा असहाय एकल महिलाहरुमाथि कस्तो ब्यवहार गर्लान् ? प्रश्न उठ्छ– सदियौंदेखि दोस्रो दर्जाका नागरिकका रुपमा रहनुपरेका मधेसीहरुलाई अधिकार चाहियो भन्दै आन्दोलन गर्नेहरुले कस्तो राजनीति गरिरहेका छन् ?
तराई–मधेसमा जारी आन्दोलनका बीचमा आन्दोलनरत मधेसी दलहरुको विरोधकाबीच संविधान निर्माण भई प्रधानमन्त्री राष्ट्रपति चुनिएपछि आन्दोलनरत दलहरु झनै रुष्ट बनेका थिए । सरकारले मधेसको मागलाई सम्बोधन गरेन भन्दैमा राष्ट्रपति जस्तो एक विधवा महिलामाथि यतिठूलो लान्छना लाउनुलाई सामान्य रुपमा लिन सकिन्न ।
प्रश्न उठ्छ–राष्टपति जस्तो एक सम्मानित ब्यक्तिलाई ‘अलच्छिना विधवा महिला’को आक्षेप लगाउनेहरुले गाउँका गरिब तथा असहाय एकल महिलाहरुमाथि कस्तो ब्यवहार गर्लान् ? प्रश्न उठ्छ– सदियौंदेखि दोस्रो दर्जाका नागरिकका रुपमा रहनुपरेका मधेसीहरुलाई अधिकार चाहियो भन्दै आन्दोलन गर्नेहरुले कस्तो राजनीति गरिरहेका छन् ?
हुनत मधेसका ग्रामीण वस्तीहरुमा अचेतनाका कारण पनि कतिपय सामाजिक अपराधहरु हुने गरेका छन् । बोक्सीको आरोपमा गरिने जघन्य अपराध तथा धर्मका नाममा मान्छेलाई बलि चढाउनेहरु पनि मधेसमा भेटिएका छन् । दलित समुदायलाई अछुत भन्दै घृणा र अपमान गर्नेहरुका लाम पनि मधेसमा देखिएको छ ।
यी सबै घटनाहरु हेर्दा साँच्चिकै मधेस धेरै अचेतन छ । मधेसमा चेतनाको खाँचो छ, भन्न सकिन्छ । तर तिनै मधेसी जनताको अधिकारका लागि आन्दोलनको जेहाद छेड्नेहरुले देखाएको पछिल्लो पशुवत ब्यवहारलाई चाँही के भन्ने, यो चाँही गम्भीर प्रश्नको रुपमा खडा भएको छ ।
मधेसको आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा हेरिँदै गएकोमा अब धार्मिक क्षेत्रमा समेत हिन्दु धर्मकै अपमान हुने खालको यस्तो ब्यवहार माफी दिने खालको छैन । यसबारेमा आन्दोलनकारी दलका नेतृत्वकर्ताहरुले तत्काल जवाफ दिन जरुरी छ ।
अरुण बराल,
हाम्रो देश ‘महान नेताले भरिएको तर, दुरावस्थामा कहिल्यै सुधार नआएको विडम्वनायुक्त राष्ट्र हो । अहिले तिनै महान नेताको सूचीमा थपिएका छन् प्रधानमन्त्री खड्डप्रसाद शर्मा ओली ।
उसो त केपी ओलीसँगै प्रचण्ड, विजय गच्छदार र कमल थापाहरु पनि अहिले ‘महान नेता’हरुको सूचिमा पुनव्र्याख्यासहित थपिएका छन् । देशमा लामो समय यी नेताहरुले राजनीति गरे । यतिबेला मुलुकमा प्रगतिका परिसूचकहरु धमाधम ओरालो लागिरहेकै छन् । तैपनि हाम्रा नेताहरुको ‘हाइट’ सगरमाथातिर सोझिएको सोझिएकै छ । अहिले प्रधानमन्त्री ओलीको व्यक्तित्वलाई फेरि एकचोटि देवत्वकरण गर्न थालिएको छ ।
यो स्वाभाविकै हो कि कुनै पनि व्यक्ति मुलुकको कार्यकारी प्रमुख हुँदा उनलाई बधाइहरु आउँछन् । उनको नजिक बसेर सत्तास्वार्थमा तर मार्न खोज्नेहरु अतिशय प्रशंसामा उत्रन्छन् ।
सँगैसँगै, व्यक्तिको उचाइसँगै उनको पृष्ठभूमि, उनका विगतका कार्यहरु र उनको जीवनको समग्र मूल्यांकन पनि सुरु हुन्छ । त्यक्तिको उचाइसँगै उनका कमजोरी पनि सडकमा बिस्कुनजस्तै सुकाउने सिलसिला सुरु हुन्छ ।
प्रधानमन्त्री केपी ओलीले अब सरकारको नेतृत्व कसरी गर्लान् ? अहिल्यै यसमाथि शंका गर्न र पूर्वआलोचना गर्न भन्दा अगाडि उनको प्रगतिको कामना गर्दै शंकाको सुविधा प्रदान गर्नु नै न्यायसंगत एवं समयसंगत हुन्छ यतिबेला । त्यसैले ओलीको अबको भूमिकालाई भविश्यकै गर्भमा छाडौं ।
यहाँचाहिँ प्रधानमन्त्री केपी ओलीको जीवनमा देखिएका पाँचवटा पहेली एवं रहस्यका पोका खोल्ने प्रयास गरिएको छ:
१. इतिहासको ब्याज
झापा क्रान्तिका नायकका रुपमा ओलीको चर्चा गर्न खोजिँदैछ । यथार्थमा चाँहि राजनीतिमा लागेको ३/४ वर्षमै ओली जेल परे । उनी जेलबाट रिहा भएको ३/४ वर्षमै पञ्चायत ढल्यो । त्यसैले बुहदलीय व्यवस्था आउनुपूर्वसम्म राजनीतिमा ओलीको खासै अग्रणी भूमिका रहेन ।
झापा आन्दोलन कमिटीका प्रमुखका रुपमा ओलीको चर्चा पनि निकै रमाइलो छ । ०२९ सालमा टीबी लागेपछि झापा संगठन कमिटीको सचिवबाट राधाकृष्ण मैनालीले विदा लिए । मैनालीका ठाउँमा कसलाई राख्ने भन्ने छलफल चल्यो । ‘यो केपी ओली खाली गुनासो मात्रै गर्छ, यसैलाई बनाइदिउँ’ भन्ने भएपछि ओलीलाई सचिव बनाइयो ।
तर, पार्टीको प्रमुख बनेको ४ महिनासम्म ओलीले एउटा पनि बैठक बोलाएनन्, त्यसपछि चार महिनामा उनलाई हटाएर सीपी मैनालीलाई सचिव बनाइयो । ओली ०२९ साल कात्तिकदेखि फागुनसम्म सचिव पदमा रहे, जुन समयमा एउटा पनि बैठक राखेनन् । ओलीले झापा आन्दोलनमा सशस्त्र क्रान्तिको साटो शान्तिपूर्ण जनसंघर्षको लाइन लिएको भन्ने तर्कलाई पनि उनका समकालीनहरु ओलीको ‘भय’ संग गाँसेर त्यसलाई विश्लेषण गर्छन् ।
सचिवबाट हटेपछि केपी ओली पार्टीमा लगभग सम्पर्कविहीन जस्तै बने । पञ्चायती दमन पनि चर्को थियो । उग्र लाइनका पक्षधर मोहनचन्द्र अधिकारी झापाबाट भागेर भारतको कानपुर पुगेका थिए । केपी ओली पार्टीको सम्पर्कमा नगई बिराटनगर पुगेर कानपुरमा मोहनचन्द्रको सम्पर्कमा पुगे । त्यहाँ मोहनचन्द्र उखु गोडेर बसेका थिए । ओलीले पनि केही समय मोहनचन्द्रसँगै मिलेर कानपुरमा उखु गोड्ने काम गरे ।
मोहनचन्द्र झापा विद्रोहमा उग्रवादी धारका नेता थिए । तर, केही एक्शनमा लागेपछि उनी आफ्नो लाइनमा अड्न सकेनन् र पलायनको बाटो रोजे । ओली उनलाई खोज्दै पार्टीको सम्पर्कविनै मोहनचन्द्र भएका ठाउँमा पुगे ।
केही समय उखु गोडेपछि ओली र अधिकारी कानपुरबाट गोरखपुर हुँदै रौतहट आइपुगे । मोहनचन्द्रले वीरगञ्जमा केही मानिसलाई चिनेका थिए, उनीहरु त्यहाँ गए । तर, तिमीहरु पक्राउ पर्छौ, यता नबस भनेपछि उनीहरु फेरि रौतहटतिरै लागे ।
ओली र अधिकारीले बिराटनगरमा सम्पर्क गरे । तर, त्यहाँ पनि तिमीहरु नआओ, पक्राउ परौला भन्ने खबर आयो । यसैवीच उनीहरु दुबैजना रौतहटबाट पक्राउ परे । त्यसपछि मोहनचन्द्र ०४६ सालमा मात्रै छुटे भने ओली १४ वर्ष विभिन्न जेलमा बसेर ०४४ सालमा रिहा भए । विसं. ०२७ सालमा राजनीतिमा लागेका ओली जेल पर्नुअघि ३ वर्षको उनको राजनीतिक इतिहास यही हो । कतिपयले उनी ०२१ सालमै राजनीतिमा लागेको भने पनि उनी त्यसबेला १३ वर्षको मात्र भएकाले वाल्यकालमा उनको वैचारिक राजनीतिक भूमिका के थियो होला, सहजै अनुमान गर्न सकिन्छ ।
२. जेलभित्रै झण्डै मृत्यु
केपी ओलीको जेल जीवन अन्त्यन्तै पीडादायक बन्यो । कमजोर इच्छाशक्ति भएको भए ओली त्यतिबेला बाँचेर फर्कने स्थिति नै थिएन । तर, ओलीको बाँच्ने जीजीविषा अति उच्च थियो ।
जेलमा रहँदा मोहनचन्द्र अधिकारीमा मानसिक समस्या देखियो भने केपी ओलीमा शारीरिक समस्या सिर्जना भयो । ओलीलाई टीबी र अल्सर दुबै रोगले सतायो । ०३४ सालतिर उनी उठ्नै नसक्ने अवस्थामा पुगे । टीबीका कारण उनको मुखबाट रगत आउँथ्यो भने अल्सरका कारण दिसाबाट रगत जान्थ्यो । केही महिना उनलाई अरुले डोर्याएर दिसा गराउन लैजाने र दिसा धोइदिनुपर्ने अवस्था थियो । उनी बसेको ठाउँबाट जुरुक्क उठ्न सक्दैनथे, कसैले उठाइदिनुपर्थ्यो ।
बिहान उज्यालो हुँदा ओली मरे कि जिउँदै छन् भनेर उनलाई हेर्न राधाकृष्ण मैनाली, नरेश खरेलहरु आउँथे । यो कुरा ओलीलाई थाहा हुन्थ्यो र उनी हप्काउँथे, ‘म यति सजिलै मर्छु भन्ने तिमीहरुले ठानेको ? म मर्दिन ।’
ओलीको इच्छाशक्ति देखेर मैनाली र खरेलहरु छक्कै पर्थे त्यसबेला । उनको मनमा यस्तो इच्छाशक्ति नभएको भए बाँचेर यो अवस्थामा आउने सम्भावना पनि थिएन । शारीरिक रुपमा ओली जति कमजोर बनेका थिए, मानसिकरुपमा चाँहि उनीभित्र उदेकलाग्दो क्षमता थियो ।
जेलभित्र पौष्टिक खानेकुरा थिएन । उसिनाको चामल र ६० पैसा सिदाले छाक टार्नुपर्थ्यो । पछि नेलबाट हटाइयो र टीबी लागेपछि ओलीलाई जेल प्रशासनले एक पाउ मासु दिन थाल्यो । मैनाली र खरेलका घरबाट आउने पैसाले उनीहरुले ओलीलाई सहायता गरे । विस्तारै ओलीले अल्सर र टीबीलाई जिते । ०४४ सालमा जेलबाट छुट्दा उनी अत्यन्तै दुब्ला पातला थिए ।
जेलबाट छुटेपछि ओली प्रायः रौतहटतिरै थिए । त्यसबेला झापाबाट भागेका एमाले नेताहरु प्रायः रौतहटमै जम्थे । जस्तै- सशस्त्र संघर्षपछि डराएर हिँडेका मोरङका मुकुन्द न्यौपाने रौतहटमै बसे, त्यतै बिहेबारी गरे अनि त्यहीबाट चुनाव जिते ।
ओली जेलबाट छुटेको दुई/तीनवर्ष पछि नै बहुदल आइहाल्यो ।
तर, प्रजातन्त्र आए पनि ओलीलाई रोगले लखेट्न छाडेन । बहुदल कालमा मृर्गौला ड्यामेज भयो । तैपनि ओलीमा रोगसँग जुध्ने क्षमता जेलमा बस्दाजस्तै देखियो ।
जस्तै बिरामी हुँदा पनि उनी रोगसँग लडेर सक्रिय बने । डाक्टरले आरोम गर्नु भन्दा पनि मतलब नगर्ने उनको बानी रह्यो ।
३. भारतसँग ओलीको नाता
अब चर्चा गरौं, केपी ओली र भारतसँगको उनको सम्बन्ध ।
भारत र ओलीवीचको नाता पनि निकै रोचक छ । ०२८/०२९ सालमा झापामा सशस्त्र क्रान्तिको थालनी भएका बेला झापाली नेताहरुले भारतको नक्सलाइटबाट दुईजना गुरिल्लाहरु हायर गरेर ल्याएका थिए ।
चारु मजुम्दारले पठाएका राजेन राजबंशी र भोगेन राजबंशी नाम गरेका ती दुई भारतीयले झापामा गुरिल्ला ट्रेनिङ दिने गरेका थिए ।
पछि झापालीहरुवीच ती दुबैका विषयमा विवाद सुरु भयो । मोहनचन्द्र अधिकारीले त्यसलाई ‘भारतीय विस्तारवादी हस्तक्षेप’ भन्दै उनीहरुलाई इण्डियातिरै पठाउनुपर्ने माग गरे । केपी ओलीले भारतीय हस्तक्षेप नै त भनेनन् तर, उनीहरुलाई भारत पठाउनुपर्ने अधिकारीको लाइनमा साथ दिए ।
पार्टीले राजेन र भोगेनलाई फिर्ता लैजान भन्यो, तर भारतीय कम्युनिष्ट पार्टीले उनीहरुलाई फिर्ता लिन मानेन । नेपाल पठाइसकिएको हुनाले उनीहरुलाई नेपालकै क्रान्तिमा प्रयोग गर्न भनियो ।
पछि दुबै भारतीय गुरिल्लाहरु नेपालमै पक्राउ परे । सीपी मैनालीको नेतृत्वमा बख्खु जेल ब्रेक हुँदा राजेन पनि भाग्न सफल भए । पछि भारततिरै फर्केका भोगेन अहिले बितिसकेका छन् भने ०४६ सालमा बहुदल आएपछि छुटेका राजेन अहिले पनि जीवितै छन्, पश्चिम बंगालमा उनी त्यहीँको कम्युनिष्ट पार्टीमा कार्यरत छन् ।
केपी ओली र भारतसँगको सम्बन्धको दोस्रो आयामको कुरा गर्दा बहुदलपछिको टनकपुर सन्धी र महाकाली सन्धीको चर्चा गर्नुपर्ने हुन्छ । मदन भण्डारी जीवित रहँदासम्म टनकपुर सन्धीको विरोध गरेर उग्र भारतविरोधी देखिएको एमालेलाई महाकाली सन्धीसम्म आइपुग्दा भारतपरस्त देखाउनमा केपी ओलीको निकै ठूलो भूमिका छ । भलै त्यसबेला महासचिवको जिम्मेवारीमा माधवकुमार नेपाल थिए ।
महाकाली सन्धीकै कारण एमाले फुट्यो । तर, ओलीले महाकाली सन्धीको समर्थन गरेर पार्टीको निर्णयलाई बचाउ गरे । त्यसबेलादेखि ओलीलाई ‘प्रो-इण्डियन’ नेताका रुपमा हेर्न थालियो ।
तैपनि रोचक त यो छ कि महाकाली सन्धीको त्यसरी उग्र समर्थन जनाउँदा पनि केपी ओली भारतको विश्वासपात्र हुन सकेनन् र उनका ठाउँमा माधव नेपाल विश्वासपात्र बने । झलनाथ खनाललाई पनि भारतले ओलीलाई जस्तै विश्वासपात्रको सूचीमा राखेन ।
रौतहटका माधव नेपालका पिता भारतबाटै गौरमा आएको विश्वास भारतीयहरुमा रह्यो । नेता नेपालका छोराछोरीलाई दूताबासले छात्रवृत्ति उपलब्ध गरायो । ओलीलाई भने दूतावासले सधैं शंकाको दृष्टिले हेर्यो । विश्वास गरेन । यद्यपि महाकाली सन्धीमा ओलीले नै भारतलाई ठूलो गुन लगाएका थिए ।
पहिलो संविधानसभामा माधव नेपालले पनि चुनाव हारेका थिए, ओलीले पनि हारेका थिए । माधव नेपालले महासचिवबाट राजीनामा दिएका थिए ।
तर, त्यसबेला भारतले प्रचण्डको हातबाट माधव नेपाललाई प्रस्ताव गराएर सभासद हुँदै प्रधानमन्त्रीसम्म बनाएको एमालेका पुराना नेताको विश्लेषण छ । तर, ओलीले माधव नेपालको जस्तो सुविधा पाएनन् । यसका पछाडिको कारण भारतको रोजाइ ओली नभएर माधव नेपाल हुनु नै थियो भन्ने एमालेजनको बुझाइ छ । यसको सत्यता एमालेकै नेताले जानुन् ।
शायद यतिबेला भारतले पनि थाहा पायो होला, माधव नेपाल कार्ड र ओली कार्डको महत्व । अब भारतले महाकाली सन्धीमा ओलीले लगाएको गुन तिर्ने बेला आएको छ शायद ।
र, ओलीको ‘राष्ट्रवाद’को कवाफमा महाकाली सन्धीको हड्डी अडि्कएको नेपाली जनताले स्मरण गरिरहेकै छन् यतिबेला । महाकालीको विगतलाई हेर्दा ओली कुनै पनि बेला भारतको विश्वासपात्र बन्ने क्षमता राख्न सक्ने नेता हुन् ।
ओली साँच्चैका राष्ट्रवादी हुन् या अहिलेसम्म भारतले नपत्याएका कारणले मात्रै राष्ट्रवादी देखिन बाध्य बनेका हुन् ? यसको परख गर्ने उपयुक्त समय पनि हो अहिले ।
४. आर्थिक अपारदर्शिता
केपी ओलीको व्यक्तित्व एवं जीवनको झाँकी प्रस्तुत गरिरहँदा एकातिर उनको गरीब पृष्ठभूभि देखाउने गरिएको छ भने अर्कातिर झापाको दमक र भक्तपुरको बालकोटमा दुईवटा घरहरु रहेको बपनि देखाउने गरिएको छ । जीवनको उर्जाशील समयमा जेल परेको, शारीरिक अवस्था कमजोर रहेको व्यक्तिले राजनीतिसँगै आर्थोपार्जन गरेर आफूलाई कसरी सर्वहाराबाट मध्यम वर्गमा फेर्यो होला ? यसको राज भने अहिलेसम्म प्रायः रहस्यमै रहेको छ जनताका लागि ।
तर, अबको साठी दिनभित्रमा प्रधानमन्त्रीले आफ्नो सम्पत्ति विवरण र त्यसको स्रोत सार्वजनिक गर्लान् र जनताले थाहा पाउनलान् ।
तथापि केपी ओली एमालेभित्र आर्थिकरुपमा त्यति पारदर्शी नेताचाँहि मानिँदैनन् । विशेष गरी डनहरुको संरक्षण गरेको आरोप उनीमाथि लाग्ने गरेकै छन् । उनको दैनिक जीवनको खर्चको स्रोत एमाओवादी अध्यक्ष प्रचण्ड लगायत अधिकांश नेताहरुको जस्तै अपारदर्शी नै छ । ओलीको तुलनामा बरु माधव नेपाल सादगी नेता मानिन्छन् एमालेभित्र ।
ओलीले अब मुलुकलाई विकास र सम्वृद्धिको बाटोमा अघि बढाउने बताएका छन् । तर, भ्रष्टाचार र अपारदर्शिताको अन्त्य नगरेसम्म न विकास सम्भव छ, न सम्वृद्धि । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको आर्थिक जीवनको पाटो रहस्यमय नै छ अहिलेसम्म । पार्टीभित्र ठेकेदार र कमिसनखोरहरुले उनलाई घेरा हालेर राखेका छन् ।
५. अडान कम झ्वाँक बढी
ओलीका समर्थकहरुको दाबी बे छ भने उनी अडान भएका नेता हुन् । तर, उनका विगतलाई हेर्दा उनी अडान भएका भन्दा पनि अडान नभएका नेताचाँहि हुन् ।
जस्तो कि विगतमा उनी माओवादीकोप्रति अति आक्रामक थिए । अहिले एकाएक नजिकिएका छन् । विगतमा वामदेव र झलनाथलाई माओवादी नजिक भएको भन्दै ओलीले कडा आलोचना गरेका थिए । विगतमा भारतप्रति नजिक थिए, अहिले राष्ट्रवादी हुने र यसमा कसैसँग नझुक्ने बताइरहेका छन् । विगतमा कांग्रेससँग सहकार्य गरेका थिए, अहिले राप्रपा नेपाललाई समेत साथमा लिएका छन् ।
ओलीलाई अडान भएका नेता मान्नेहरुले उनको मधेसी र जनजातिप्रतिको व्यवहारलाई अडानको एउटा पहेली मान्ने गरेका छन् । साथै पहिचानसहितको संघीयताको विरोधमा ओलीले लिएको विचारलाई अडान मान्ने गरेका छन् । र, मधेसी समुदायलाई झरेका आँप भन्दै वास्ता नगर्ने ओलीको नीतिलाई उनको वैचारिक अडान ठान्ने गरेका छन् ।
तर, यो कुरा विचारणीय छ कि हिजो संघीयतालाई स्वीकार्न अन्कनाउने ओली यतिबेला संघीयतावादी बनेका छन् र अब उनी मधेसी र थारुको समेत प्रियपात्र बन्नेतर्फ लाग्नेछन् । यो ओलीको सकारात्मक कदम नै हुने छ, तर यसले उनी अडान नभएका नेताका रुपमा थप प्रमाणित हुनेछन् ।
हो, प्रधानमन्त्री केपी ओलीले संघीयता विरोधी, मधेसविरोधी, उदार तानाशाह एवं ‘पहाडे राष्ट्रवादी’ हरुको सपनालाई साकार पार्ने नीतिलाई नै निरन्तरता दिए भने चाँहि ओली अडान भएका नेता मानिने छन् । तर, आशा गरौं, ओलीमा परिवर्तन आउने छ र उनी कठोर हैन, लचकदार एवम् अग्रगामी नेतामा रुपान्तरित हुनेछन् ।
प्रधानमन्त्री केपी ओलीको स्वागतयोग्य विशेषता भनेको उनी समय क्रमसँगै परिवर्तन हुन्छन् र विचारको बर्को फालेर व्यवहारिक बन्न तयार हुन्छन् । उनले प्रधानमन्त्रीको निर्वाचनकै दिन संसदमा भनिसकेका छन् कि उनी मधेसविरोधी, जनजाति विरोधी होइन, म व्यवहारबाटै यो शिद्ध गरेर देखाइदिनेछु ।
तर, विचार र अडानबाट भन्दा परिस्थिति एवं शक्ति सन्तुलनका आधारमा चल्न खोज्दा राम्रो बाटोमा आए त ठीकै छ, झ्वाँकका आधारमा अघि बढ्न खोज्दा ओलीले फेरि आफ्नो राष्ट्रवादको लबेदा त नफुकाल्लान् ? यो भय पनि सँगसँगै छ । कामना गरौं, त्यस्तो दुर्घटना उनीबाट नहोस् ।
नारायण पंगेनी,
सेवा ठप्प पारी सडक आन्दोलनमा उत्रिएका मेनपावर व्यवसायीहरुले झण्डै २१ दिनपछि सेवा सूचारु गरे । सरकार र ब्यवसायीबीच मध्यरातमा ३१ बुँदे सहमति भएपछि ब्यवसायीहरुले आन्दोलन रोकेर आफ्नो ब्यवसाय शुरु गरेका हुन् । तर, मेनपावर व्यवसाय खुले पनि सरकार र व्यवसायीवीचको सहमतिले कसको बढी हित गर्छ भन्ने बहस सकिएको छैन ।

कतार, साउदी अरब, यूएई, ओमान, बहराइन, कुवेत र मलेसियामा निःशुल्क कामदार पठाउने भनी सरकारले निर्णय गरेपछि ब्यवसायी आन्दोलित भएका थिए । पछि निःशुल्क भिसा र टिकटको ब्यवस्थालाई परीक्षणकालकै रुपमा लागू गर्नेसहित ३१ बुँदामा सहमति भयो ।
झट्ट हेर्दा निःशुल्क भिसा र टिकटको निर्णय आकर्षण देखिन्छ । तर सहमतिका ३१ बुँदामध्ये अधिकांश सहमति कामदारको हितमा देखिँदैन । वैदेशिक रोजगारमा जाने कामदारहरु बारम्बार ठगिने र विदेशमा गएर नेपालीले सम्झौता भएअनुसारको काम नपाउने कारणले गर्दा सरकारले आर्थिक वर्ष २०७०/७१ को बजेट भाषणमै सरकार, ब्यवसायी र कामदारबीच त्रिपक्षीय श्रम सम्झौता गर्नुपर्ने बताएको थियो । सरकारले ल्याएको कार्यक्रम ओमानबाहेक अन्य कुनै पनि मुलुकको हकमा लागू भएन ।
तर, अहिले सरकारले ब्यवसायीहरुसँग भएको सम्झौतामा ओमनमा पनि त्रिपक्षीय श्रम सम्झौता हटाउने सहमति गरेको छ । एउटा बजेटमा उल्लेख भएको योजना अर्को बजेट भाषणमा निश्त्रिmय हुने ब्यवसायीको तर्कलाई आत्मसाथ गर्दै ओमनमा मात्रै कायम गरिएको त्रिपक्षीय श्रम सम्झौतामा समेत पुनर्विचार सहमति सरकारले गरेको छ ।
ब्यवसायीहरुले कामदारसँगबाट मनपरी रकम असुलेको गुनासो बढेकैले गर्दा सरकारले यसअघि नै मलेसियाको हकमा ८० हजार अन्य खाडी मुलुकमा ७० हजार भन्दा बढी शुल्क नपाउने भन्दै शुल्क निर्धारण गरेको थियो । तर, कामदारलाई तर्साएर ब्यवसायीले दुई लाख भन्दा बढी रकम असुल्ने काम गर्दै आएका छन् । तर, सहमतिका नाममा सरकारले ब्यवसायीसँग सल्लाह गरेर मात्रै अनुगमन कार्यविधि बनाउने घातक सहमति सरकारले गरेको छ ।
पछिल्लो समय ब्यवसायीरुले गरेको अवैधानिक कार्यको अनुगमन गर्दा एक सय दुई भन्दा बढी कम्पनीलाई अनुगमनको दायरामा राखी कारबाही अघि बढाइएकोमा कारोबार गर्न दिने र अनुगमनपछिको अनुसन्धानमा सरलीकरण गर्ने सहमतिमा पनि सरकार चुकेको छ ।
सेवा शुल्कवापतको रकम रोजगारदाता कम्पनीले उपलब्ध नगराएको अवस्थामा कामदारबाट लिइएको शुल्कको रसिद अन्तिम स्वीकृति लिँदा नै पेश गर्नु परेको व्यवस्थालाई ऐन संशोधनका बखत परिमार्जन गरी उक्त रसिद कामदार उडान गर्दा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको श्रम कक्षमा चेक जाँच गर्ने सम्बन्धमा कार्यदलले पेश गर्ने भनी गरिएको अर्को निर्णयले कामदारको कत्तिको हित गर्ला ?
वैदेशिक रोजगार ब्यवसायीहरुले झुठो आश्वासन दिएर ठगी गरेका उजुरीहरु वैदेशिक रोजगार विभागमा खात लागेको छ । ती उजुरीहरुको बारेमा न्यायिक छानविन गरी कारबाही गर्नुको सट्टा छिटोभन्दा छिटो मुद्दाहरु किनारा लगाउने जस्ता सहमति पनि ब्यवसायीहरुसँग गरिएको छ ।
वैदेशिक रोजगारमा कामदार पठाउन सम्पूर्ण प्रक्रिया पूरा गरी उडान हुने समयमा वैदेशिक रोजगार बिभागले नै अभिमुखीकरण तालिम दिने व्यवस्था पुनर्विचार गर्ने, वैदेशिक रोजगार ऐन २०६४ को दफा १५ देखि १९ सम्मलाई समायोजन गरि रोजगार दाता र कामदारबीचको करार नामाको आधारमा अन्तिम स्विकृति दिने व्यावस्था समेत कार्यदलले टुंग्याउने जस्ता सहमतिले गर्दा सरकार फ्री भिसा फ्री टिकटको आकर्षक नारा दिएर अन्य विषयमा घातक सहमति गरी दलालीकरण गरिरहेको प्रष्ट बुझिन्छ ।
अहिलेसम्मको मेनपावर कम्पनीको अवस्थालाई हेर्ने हो भने मेनपावर कम्पनी साँच्चिकै अब्यवस्थित छ । कम्पनीहरु ब्यवस्थित र विश्वासनीय हुन सकेका छैनन् भने ब्यवस्थित गर्ने प्रयत्नसमेत गरिएको छैन । तर, पनि नेपालीहरु जोखिम मोलेर तिनै कम्पनीहरुमार्फत वैदेशिक रोजगारमा गइरहेका छन् ।
वैदेशिक रोजगारमा लैजाने एउटै मेनपावर ब्यवसायीहरुको सञ्जाल निकै लामो हुन्छ । मेनपावर कम्पनीको ढोकामा मात्रै पुर्याइदिने एजेन्टलाई ब्यवसायीले प्रतिब्यक्ति पाँच हजारभन्दा माथि कमिशन दिएका हुन्छन् । त्यसरी कमिशन लिनेहरुको लामो लर्को हुन्छ । त्यसैले मेनपावर ब्यवसायीहरुले आफ्नो गुम्दै गएको विश्वसानीयता बचाउन र आफ्नो छबि राम्रो बनाउन प्रयत्नै गर्दैपर्छ । होइन भने तिनै ब्यवसायीमार्फत वैदेशिक रोजगारमा जानेहरुले समेत कहिलै ब्यवसायीप्रति राम्रो दृष्टिकोणले हेर्ने छैनन्, जसरी ब्यवसायीहरुको पछिल्लो आन्दोलनमा आम नागरिकले साथ दिएनन् ।
ब्यवसायीहरुको हितका लागि भन्दै थुप्रै संस्थाहरु खुलेका छन् । सबै संस्थाको छाता संगठनको रुपमा नेपाल वैदेशिक रोजगार ब्यवसायी संघ क्रियाशील छ । तर संघले पनि ब्यवसायका नाममा गरिने ठगी रोक्ने कुनै प्रयत्न नै गरेको पाइँदैन ।
संघले ब्यवसायीहरु सबै आफ्नै हुन् र कामदारहरु विदेशीका दास हुन् भन्ने भन्ने मानसिकता नत्यागेसम्म मुलुकमा रोजगारीको अभावमा विदेश जाने युवाहरुले सधैं दुःख पाइरहनेछन् ।
ध्रुवराज अधिकारी, प्रिय कमरेडद्वय,
रक्सीले मात्तिएका प्रसिद्ध भारतीय अभिनेता सलमान खानले गाडीले ठक्कर दिएर एकजना सर्वसाधारणको हत्या गरे । उक्त घटनाको प्रत्यक्षदर्शी थिए– उनकै अंगरक्षक एकजना भारतीय प्रहरी । मुद्दा अदालतमा चलिरहँदा सलमान खानले प्रहरी प्रशासन र उक्त प्रहरीको परिवार समेतलाई किनिदिए । ती प्रत्यक्षदर्शी अंगरक्षक राज्य, प्रहरी र उनकै परिवार जताततैबाट अलग्याइए, सलमानको धनराशीको बलले । समयक्रममा क्षयरोग लागेर ती प्रत्यक्षदर्शीको एउटा अस्पतालमा निधन भयो । मृतकका परिवार उनको लाश बुझ्न समेत गएनन् ।
मैले यो प्रसंगबाट यो पत्र सुरु गरेको किन भने शक्तिशालीका अगाडि सत्य बोल्न निकै जोखिमपूर्ण हुन्छ । बलशालीका लागि सत्यभन्दा ठूलो शत्रु अरु केही हुनै सक्दैन । त्यसैले उनीहरु सत्य देख्ने आँखा फुटाइदिन्छन् । सत्य बोल्ने मुखमा बुझो लगाइदिन्छन् र सत्य बोल्न सक्ने ओठहरुमा पहिल्यै ताल्चा झुण्ड्याइदिन्छन् । सत्य र शक्तिबीचको महासमरमा, दर्शन र सत्ताबीचको दुःखान्त लडाइँ वा ‘ट्रयाजेडी’मा चाणक्य र माकियाभेलीहरुले शक्ति र ज्ञानको गठजोड गराइदिन्छन् । सत्य र दर्शनलाई दवाउन ‘पावर–नलेज कम्लेक्स’ खडा गरिदिन्छन् ।
सोह्रबुँदे सहमतिपछि डा. भट्टराई उर्फ लालध्वजले यो जीत–जीतको अवस्था हो, त्यसैले यो हार–हारको अवस्था हो भन्ने प्रतिक्रिया दिनुभएछ । उहाँले उक्त सहमति ‘स्वर्ण अक्षर’ले लेखिएको सम्म भन्न भ्याउनुभएछ । तर, मेरो विचारमा लालध्वज कमरेडको उक्त प्रतिक्रिया एउटा भ्रामक ‘रेटोरिकल ननसेन्स’ मात्रै थियो । किनभने, माओवादी र सत्ताधारीहरुबीचको सहमतिको रस्साकस्सी वा ‘नेगोशियसन’ समस्या समाधान वा ‘प्रोब्लम सल्भिङ’ ’प्याराडाइम’मा होइन, मूलतः लेनदेन वा ‘बार्गेनिङ’ ’प्याराडाइम’मा भएको हो ।
सामान्यतः क्रान्तिका मित्रशक्तिबीच हुने वार्ता–छलफल ‘प्रोब्लम सल्भिङ’ मोडलमा हुन्छ तर अग्रगमन र प्रतिगमनबीचको वार्ता लेनदेनको प्याराडाइममा हुन्छ । माओवादी क्रान्तिकारी र संसदवादी प्रतिगमनकारीबीचको वार्ता क्रान्ति र प्रतिक्रान्तिबीचको ‘बार्गेनिङ’ थियो । क्रान्ति र प्रतिक्रान्तिबीच ‘जीत–जीत’ भन्ने हुँदैन । जीत–जीत र हारहार एउटै कुरा होइनन् । बरु जीत–जीत, जीत–हार र हार–हार वार्तासंवादका तीन फरक सम्भाव्य नतिजा हुन् । उदाहरणका लागि नेपालमा राजतन्त्रको अन्त्य हुनु माओवादी र संसदवादीबीचको जीत–जीतको अवस्था थियो । तर, त्यो यी दुई शक्तिका लागि हार–हारको अवस्था थिएन ।
सोह्रबुँदे ‘स्वर्ण अक्षरले लेखिएको’ त झन् हुँदै होइन । यो रातो, स्वर्ण वा निलो अक्षरले लेखिएको सहमति नभई कालो अक्षरले लेखिएको औपचारिक एवम् वैधानिक दस्तावेजमात्र हो ।
के हुनुपर्ने थियो भन्ने कोणबाट हेर्ने हो भने शान्तिप्रक्रिया र संविधाननिर्माणप्रक्रियाको ‘डि फ्याक्टो’ उत्कर्षका रुपमा जे नहुनुपर्ने थियो त्यो सोह्रबुँदे हो । संविधानलेखनमा आउने दिनमा जे हुन्छन् त्यो ‘डि जुरे’ प्रक्रिया मात्रै हो, कर्मकाण्ड मात्रै हो । वस्तुतः नेपालको संविधाननिर्माणको मूलकार्य सोह्रबुँदेमार्फत् समापन भएको छ ।
के हुनसक्थ्यो भन्ने कोणबाट हेर्ने हो भने आजको राष्ट्रिय वर्गराजनीतिक प्रनिधिमूलक शक्तिसन्तुलनमा ९संविधानसभामा रहेको पहिचानवादी, क्रान्तिकारी र संसदवादी प्रतिगमनकारीबीचको संख्यात्मक खेलमा० हुनसक्ने पनि सोह्रबुँदे नै थियो । सोह्रबुँदेले नेपालमा संसदवादी व्यवस्थाको पुनःस्थापना गरेर आधाप्रतिगमन सम्पन्न गराएको छ । किनभने, पुरानो प्रतिक्रियावादी राज्य र तत्कालीन माओवादी क्रान्तिकारीहरु बीचको शान्तिप्रक्रिया र वार्ताप्रक्रियाको मूल मर्म कांग्रेस–एमालेले चाहेजस्तो संसदवादी पनि होइन, तत्कालीन माओवादी क्रान्तिकारीहरुले माग गरेजस्तो नयाँ जनवादी पनि होइन, बीचको ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ स्थापना गर्नु थियो । ९संसदवाद र लोकतन्त्र एउटै चीज होइनन् ।० आज देशमा संसदीय व्यवस्थाको पुनः स्थापना गरेर शान्तिप्रक्रियाको औचित्यमाथि नै प्रहार गर्ने काम कांग्रेस–एमालेले गरेका छन् ।
तर, सोह्रबुँदेको सकारात्मक पक्ष के हो भने यसले भूकम्पबाट त्राहिमाम बनेर धैर्य गुमाइसकेका नेपाली जनतालाई अन्योलको अन्त्य गरी केही राहत दिएको छ । नेपालका राजनीतिक दलहरुमा निर्णयक्षमता छ भन्ने देखाएको छ । सबभन्दा मूख्य कुरा देशलाई पूर्ण प्रतिगमनमा जानबाट रोकेको छ । बाह्रबुँदेबाट सुरु भई पट्यारलाग्दो बन्दै गएको एउटा ऐतिहासिक प्रक्रियाको अन्त्य गरेको छ । कमरेड प्रचण्डले भनेझैं सोह्रबुँदेले आधुनिक नेपाली महाभारतमा चक्रब्यूहबाट अभिमन्यूहरुलाई बाहिर निकालेको छ । अभिमन्यूबध रोकिएको छ ।
.......
कमरेड प्रचण्डको भनाइमा एउटा कुरा थप्ने अनुमति माग्छु । त्यो के भने सोह्रबुँदेले नेपाली राजनीतिको जुवाको खाललाई यस्तो समयमा आएर बन्द गरिदिएको छ जसले गर्दा अब पाँच माओवादी क्रान्तिकारी समूहको साझा सम्पत्ति नेपाली क्रान्तिरुपी द्रौपदीलाई युधिष्ठिरले जुवाको खालमा चढाउने छैनन् । नेपाली सर्वहारा क्रान्तिकारीरुपी श्रीकृष्णको समेत साथ नरहेको यो जुवाको खालमा द्रौपदी चढेको भए उनी निर्वस्त्र पारिने थिइन् । ‘धर्म’ हराउँदै गएको आजको युगमा उनको सामूहिक बलात्कार हुने थियो । जन्मँदै गरेको एउटा पूरै युग भूकम्पपछि ढलेको धरहराजस्तै गल्र्यामगुर्लुम ढल्ने थियो ।
नेपाली सर्वहारावर्गको औपचारिक प्रतिनिधिको रुपमा प्रतिक्रियावादीहरुसित वार्तामा रहेका प्रचण्ड–बाबुराम विसर्जनवादको दलदलमा घाँटीसम्म डुब्दा पनि उनीहरुको आलोचना गर्न जिम्मेवार क्रान्तिकारीहरुलाई गाह्रो परेको थियो । जुवाको खालमा रहेका युधिष्ठिरलाई सम्झाउन अर्जुन र भीमसेनले नसकेजस्तै । जिम्मेवार माओवादी क्रान्तिकारीहरुका अगाडि एउटा भयानक नैतिक द्विविधा खडा भएको थियो– आलोचना गरौं वार्ताको टेबुलमा रहेका आफ्नै प्रतिनिधि खुइलिने, कमजोर हुने । नगरौं आफ्नै ‘महानायकहरु’ हिजो जे रहेका थिए, आज त्यही थिएनन् । उनीहरुको मेटामर्फोसिस भइसकेको थियो । उनीहरु क्रान्तिकारी लेनदेनमा होइन, फाउस्टियन बार्गेनिङमा झरिसकेका थिए । फाउस्टियन बार्गेनिङ– जहाँ सत्तारानीको बाहुपासमा आत्माको विक्री हुन्छ । तर सोह्रबुँदेले जिम्मेवार क्रान्तिकारीहरुहरुमा रहेको उपर्युक्त धर्मसंकटको अन्त्य गरिदिएको छ ।
.........
उनीहरु क्रान्तिकारी लेनदेनमा होइन, फाउस्टियन बार्गेनिङमा झरिसकेका थिए । फाउस्टियन बार्गेनिङ– जहाँ सत्तारानीको बाहुपासमा आत्माको विक्री हुन्छ । तर सोह्रबुँदेले जिम्मेवार क्रान्तिकारीहरुहरुमा रहेको उपर्युक्त धर्मसंकटको अन्त्य गरिदिएको छ ।
सोह्रबुँदे होइन, नेपालमा संघीयता र गणतन्त्रको स्थापनार्थ कमरेडद्वयले महान् जनयुद्धमा दिएको कुशल नेतृत्वको इतिहास युग–युगसम्म नमेटिने गरी स्वर्ण अक्षरले लेखिएको छ । कमरेडद्वय जस्तो चलायमान र बौद्धिक नेतृत्व पाउनु नेपाली सर्वहारावर्गका लागि बेजोडका ऐतिहासिक संयोग थियो । तर, ठीक यहीँनिर नेपाली सर्वहारावर्ग चुकेको भनौं वा हारेको भनौं के कुरामा भने उसले कमरेडद्वयका हातमा यतिधेरै शक्ति र प्राधिकार केन्द्रित गरिदियो कि अन्ततः यहाँहरु इतिहासकै सबभन्दा लोभी, आत्मश्लाघी र अरु के के भनौं ‘लर्ड अफ द रिङ’को खलपात्र गोल्युमजस्तै भइदिनु भो । सर्वहारावर्गले सिङ्गै पार्टी र आन्दोलन तपाईं दुईको जिम्मा लगायो । अर्को भाषामा भन्दा कमरेडद्वयले नेपाली सर्वहारावर्गका साथबाट अधिकार लिएर सर्वहारावर्गकै नाममा आफ्नो हातमा केन्द्रीकरण गर्नुभयो ।
पुँजीवादमा मजदुरको पसिनाबाट सिर्जिएको अतिरिक्त मूल्यबाट जम्मा भएको पुँजी पुँजीपतिको हातमा बेलगाम केन्द्रीकरण भएजस्तै दशौं हजार सहिदको रगतबाट अर्जिएको क्रान्तिको ‘लेगासी’ कमरेडद्वयको हातमा केन्द्रीकरण भयो । लाजिम्पाट र सानेपा आधुनिक शक्तिपीठ जस्तै बने । आज क्रान्तिको त्यो ‘लेगासी’लाई भए आफ्नै सन्तान नभए आफन्त अनि त्यो पनि नभएको स्थितिमा मात्रै नेपाली जनताका अभागी छोराछोरीलाई मन नलागीनलागी हस्तगत गर्ने जीर्ण मनस्थितिमा यहाँहरु पुगेको देख्दा क्रान्तिकारीका मनभित्र ज्वालामुखी उठिरहेका छन् ।

क्रान्तिकालमा आम कार्यकर्ता र जनसमुदायमा रहेको ‘एजेन्सी’ पूर्णतः कमरेडद्वयका हातमा एकत्रित भएको छ । दिनदिनै लाजिम्पाट र सानेपाले क्रान्तिको पुँजीलाई निजीकरण गरिरहेको मुकदर्शक बन्नुपरेको छ क्रान्तिकारीहरु ।
आधा प्रतिगमनको एउटा मूलकारण यही बन्न पुगेको छ । पार्टी कमरेडद्वयको प्राइभेट कम्पनीमा परिणत भएको छ । नाफाको भागबण्डा नमिल्दा यो कम्पनीमा बारम्बार अन्तरसंघर्षरुपी भूकम्पका धक्का लाग्ने गरेका पनि छन् । क्रान्तिकालमा आम कार्यकर्ता र जनसमुदायमा रहेको ‘एजेन्सी’ पूर्णतः कमरेडद्वयका हातमा एकत्रित भएको छ । दिनदिनै लाजिम्पाट र सानेपाले क्रान्तिको पुँजीलाई निजीकरण गरिरहेको मुकदर्शक बन्नुपरेको छ क्रान्तिकारीहरु । जनयुद्ध काल र त्यसअघि सर्वहारावर्गका योद्धाहरुसित कम्तीमा लड्ने अधिकार सुरक्षित थियो । तर आज त्यो अधिकार सानेपा र लाजिम्पाटमा कैद छ ।
दमित हुनु, शोषित हुनु, उत्पीडित हुनु, सीमान्तकृत हुनु बरु सैह्य हुँदोरहेछ । तर, सर्वहारा वर्गका लागि लड्ने अधिकारै खोसिनु सबैभन्दा भयानक हुँदोरहेछ । अब आम सर्वहारा क्रान्तिकारीहरुले कमरेडद्वयबाट ‘लड्ने अधिकार’ खोसेर लिने बेला आएको छ । सोह्रबुँदेले त्यो वातावरण पैदा गरिदिएको छ । गरीब निमुखाहरुले आफ्नो ‘एजेन्सी’ वा सक्रियता पुनः विसर्जनवादीहरुका हातबाट आफ्नो हातमा लिने बेला आएको छ । कमरेडद्वयले एमाओवादी पार्टीलाई लाजिम्पाट र सानेपाबाट पेरिसडाँडा फिर्ता गर्ने, अझ त्यसभन्दा पर थवाङको जिम्मा लगाउने घडी आएको छ । आम क्रान्तिकारीहरुले आफूबाट खोसिएको आफ्नै पार्टी कमरेडद्वयबाट छिनेर लिन अब अबेर भैसकेको छ ।
उही तपाईंहरुको कमरेड
ध्रुवराज अधिकारी

(from ratopati)
नेपालमा भूकम्प किन र कसरी आउँछ वा आउँदैन भन्ने केही आधार छन् । त्यससम्बन्धी अध्ययन गरेको मान्छेले नै यसबारे आफूले बुझेको बोल्ने हो । हामीले सबैभन्दा पहिले त हाम्रा पहाड, पर्वत, हिमशृंखला कसरी बने भनी बुझ्न आवश्यक हुन्छ । यी पहाड, हिमालहरु अचानक एकै दिनमा बनेका होइनन् । यी बन्नका लागि करोडौँ वर्ष खर्च भएको छ । भूगर्भशास्त्रले भन्छ, आजभन्दा झन्डै पाँच करोड वर्षअगाडि भारतीय प्लेट र युरोसियन प्लेटको बीचमो तेथिस सागर थियो ।
तेथिस सागरको दक्षिणतिर रहेको भारतीय उपमहाद्वीप अर्थात् इन्डियन प्लेट बिस्तारै उत्तरतिर सर्दै थियो । अन्तमा इन्डियन प्लेट र तिब्बेतीयन प्लेट भेट भए वा जुधे । यो आजभन्दा पाँच करोड वर्षअघिको कुरा हो । यसरी प्लेट जुधेपछि साधारणतः ठूलो प्लेटभित्र सानो प्लेट घुस्ने प्रक्रिया हुन्छ । हाम्रोमा तिब्बतीयन प्लेटमुनि इन्डियन प्लेट घुस्यो । तर, यो घुसिरहन भने सक्दैन ।
किनभने, अर्कोले थिचिराखेको हुन्छ । उदाहरणका लागि एउटा बाँसको भाटोले माटो भएको भित्तोमा सीधा ठेल्यौँ भने दुई-तीन इन्च भासिन्छ । धेरै ठेलियो भने भाटो बांगिन्छ । र, बांगिएको ठाउँबाट चिरिँदै भाँचिन्छ । भाँचिदा ठेल्ने मान्छे पनि हल्लिन्छ, हुत्तिन्छ । यहाँ बाँसको भाटो भनेको इन्डियन प्लेट, भित्तो भनेको तिब्बतीयन प्लेट । जसरी भाटो भाँचिदा ठेल्ने मान्छे यताउता हुन्छ वा हुत्तिन्छ । त्यसरी नै इन्डियन प्लेटभित्रका चट्टानहरु भाँचिदा त्यो भाग उछिट्टन्छ । यसरी उछिट्टनिु भनेकै भुइँचालो जानु हो ।
यो प्रक्रिया सुरु तब भयो, जब दुइटा प्लेटहरु एकआपसमा जुधे । भुइँचालो त गइहाल्यो, के अब सकियो त ? यस्तो हुँदैन । किनभने, इन्डियन प्लेट त अघि बढिरहेकै छ । एकचोटि ठूलो शक्तिशाली भुइँचालो गएर पृथ्वी उचालिइसकेपछि फेरि दुई-चार सय वर्षपछाडि अर्को महाभूकम्प आउँछ । र, फेरि पनि पृथ्वी त्यसरी नै उचालिन्छ । यो दृष्टिकोणले हेर्दा हाम्रा पहाड, पर्वत, हिमशृंखला लाखौँ भूकम्प गइसकेपछि बनेका हुन् । अहिले पनि इन्डियन प्लेट बिस्तारै उत्तरतर्फ बढिरहेको छ ।
यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने यदि भूसतहबाट केन्ऽतिर खनेर हेरियो भने पृथ्वीमा पाँच तह अर्थात पत्र छन् । सबैभन्दा बाहिरको पत्रलाई लिथोस्फेर, त्यसमुनि अस्थेनोस्फेर, त्यसमुनि मेसोस्फेर, त्यसपछि आउटरकोर र इनरकोर गरी पाँच तह छन् । यी पाँच तहमध्ये अस्थेनोस्फेरभन्दा तलका तह निकै ताता छन् । जसले अस्थेनोस्फेरलाई तताउँछ । अस्थेनोस्फेरमा लेदोजस्तो तन्कने खालको पदार्थ छ । अस्थेनोस्फेर तातेपछि के हुन्छ त ? पानी उमालेको उदाहरण हेरौँ, पानी उम्लन थालेपछि भाँडोमा पानी फनफनी घुम्न थाल्छ । त्यसमा चियाको पात राखियो भने पानी सँगसँगै चियाको पात पनि फनफनी घुम्छ । यसरी नै अस्थेनोस्फेर घुम्दा वा चल्दा यसमाथि रहेको लिथोस्फेर पनि सँगै चल्छ । यसलाई नै प्लेट हिँडेको वा घुसेको भनिएको हो ।
सरदर चार सेमिका दरले प्रतिवर्ष यो प्लेट घुसेको छ । यसमाथिको लिथोस्फेर विभिन्न चट्टानले भनेको हुन्छ । जहाँ पहाड, समथर भूभाग, हिमशृंखला, पानी छन् । यो भाग पनि अस्थेनोस्फेरसँगै बिस्तारै हिँडिरहेको हुन्छ । अस्थेनोस्फेरलाई माथिका भूभागले थिचिरहेको हुन्छ । माथिको दबाबका कारण लिथोस्फेर अर्थात् प्लेट एकअर्कामा घुस्दा वा ठेलिँदा भाँचिन्छन् । भाँचिएको ठाउँमा तुरुन्तै कम्पनसँगै फेरबदल ल्याउँछ ।
जस्तो, एउटा साधारण टेबलमाथि ढुंगा थप्दै गयौँ भने अन्तिमको एउटा ढुंगाकै कारण टेबल भाँचिन्छ । यसरी नै प्लेटहरु एउटा अर्कोमा घुस्दै जाँदा माथिको भारले प्लेट भाँचिन्छ । र, भुइँचालो जान्छ । यो इन्डियन र तिब्बतीयन प्लेटका कारण भुइँचालो नेपालमा मात्रै जाने होइन । यी प्लेट जुध्ने क्षेत्र पूर्वमा म्यानमारदेखि पश्चिममा अफगानिस्तानसम्म पर्छ । यी ठाउँ भूकम्पका जोखिम क्षेत्र हुन् । यी प्लेटको जुधाइका कारण सामान्य हलचल त दिनमा दर्जनौँ आइरहेकै हुन्छन् ।
हामीले साधारणतः चार रेक्टर स्केलभन्दा माथिको भूकम्प महसुस गर्न सक्छौँ । आठ रेक्टरभन्दा माथिको भूकम्पलाई महाभूकम्प भनिन्छ । यस्तो महाभूकम्प हाम्रोमा सय, डेढ सय वर्षको अन्तरमा आएको पाइन्छ । सीधै अध्ययन गरेर कहाँ, कहिले, कतिसम्मको भूकम्प जान्छ भन्ने विधि, प्रविधि, विज्ञान अहिलेसम्म विकास भएको छैन । किन छैन भने, भूकम्पसँग सम्बन्धित प्रक्रिया नेपालको सन्दर्भमा भूसतहदेखि १० देखि ४० किलोमिटर तल भइरहेको हुन्छ । त्यति गहिरोमा गएर सीधै अवलोकन सजिलो छैन । अवलोकन गर्दा पनि एउटा बिन्दुमा गएर भएन, विभिन्न ठाउँमा गर्नुपर्यो । एक अर्थमा यो सम्भव पनि छैन । फेरि अवलोकन गरेर, थाहा पाएर पनि रोक्न सकिने होइन ।
यो पृथ्वीको भौगर्भिक बनावटसँग सम्बन्धित कुरा हो । त्यसैले भूगभर्र््िद्ले भूकम्पको इतिहास, प्रकृति हेरेर यसबारे बताउने गर्छन् । जस्तो, कुनै स्थानमा हजार वर्षको भूकम्प रेकर्ड गरियो । र, यो बीचमा औसत तीन सय वर्षको अन्तरमा तीनपल्ट महाभूकम्प गएको छ भने यसैलाई आधार बनाएर सामान्य भविष्यवाणी गरिन्छ । कि कुनै एक स्थानमा तीन सय वर्षमा एकपल्ट ठूलो भूकम्प जानेरहेछ भनेर । यसरी नै आउने दिनमा पनि यही तीन सय वर्षको हाराहारीमा भूकम्प जान्छ भनेर भन्न त सकिन्छ । तर, ठ्याक्कै मिति र भूकम्पको प्रकृतिबारे केही भन्न सकिँदैन । यसरी नै हिमालय क्षेत्रमा लगभग एक, डेढ सय वर्षमा एउटा ठूलो शक्तिशाली भूकम्प गएको पाइएको छ ।
हाम्रोमा काठमाडौंदेखि पूर्वको भागमा लगभग सय वर्षको अन्तरमा भूकम्प आएको इतिहास छ । जस्तो, नब्बे सालको भूकम्प त हामीले सुनेकै कुरा भयो । त्यसअघि पनि यस ठाउँमा भुइँचालो गएको इतिहास छ । तर, हाम्रो गोरखादेखि पश्चिम र भारतको देहरादुनदेखि पूर्वको ठूलो भूभागमा भने लगभग पाँच सय वर्षदेखि भूकम्प आएको छैन । भूगर्भ शास्त्रमा दुई-तीन सय वर्ष नमिल्नु भनेको स्वाभाविक मानिन्छ । किनभने, यो मान्छेको उमेर जस्तो होइन, पृथ्वीको आयु र प्रक्रिया हो ।
त्यसैले काठमाडौंदेखि देहरादुनसम्मको भूभागमा कुनै पनि बेला भूकम्प जान सक्छ भनेर भन्न सकियो । र, भूगभर्र््िद्हरुले यो भन्दै आएका पनि थिए । वैशाख १२ को भूकम्प पनि काठमाडौंदेखि पश्चिममा नै आयो । अझै पनि गोरखादेखि देहरादुनसम्मको भूभागमा कुनै पनि बेला भूकम्प आउँछ है भनेर नभनी पनि हुँदैन । यसको अर्थ हामी अत्तालिने होइन ।
पूर्वतयारीमा जुट्नुपर्छ भन्ने सन्देश दिनु हो । किनभने, हामीले समयमै भूकम्पको असर न्यूनीकरणका लागि पहल गर्नु छ । भूकम्प प्रतिरोधात्मक संरचना बनाउनु छ । भूकम्पविद्ले भूकम्पको इतिहासलाई आधार मानेर आउने दिनका लागि सजगता अपनाउन सकियोस् भनेरै अनुमान मात्रै गर्ने हुन् । भूकम्पबारे भरपर्दो भविष्यवाणी गर्ने प्रविधि र विज्ञानको विकास भइसकेको छैन । भूकम्पबारे भविष्यवाणी गर्ने प्रविधि किन विकास भएन ?
कतिपय देशले भूकम्पबारे जानकारी लिने प्रविधिको विकास गर्ने प्रयास नगरेका पनि होइनन् । तर, अहिलेसम्म त्यो प्रविधि सबै देशले प्रयोग नर्ग सक्ने अवस्थामा विकास भइसकेको छैन । भविष्यमा होला बेग्लै कुरा भो । अहिले हामीले बुझ्नुपर्ने कुरा यो पनि छ- कहाँ, कहिले, कतिको भूकम्प आउँछ भनी भविष्यवाणी गर्ने विधि महँगो छ । यो अनुसन्धान कहाँ-कहाँ, कहिले-कहिले गर्ने त ? फेरि यो अनुसन्धान गर्दा जति खर्च लाग्छ, फेरि त्यो नतिजा सधैँ काम लाग्छ भन्ने पनि छैन । यसो गर्नुभन्दा त भूकम्प प्रतिरोधात्मक संरचना बनाउँदा नै छिटो र सस्तो हुन्छ ।
बलियो संरचना भयो भने, भूकम्प आउँछ-जान्छ । हामीले हेरिबस्न सक्छौँ । त्यसैले वैज्ञानिकहरुको ध्यान पनि भूकम्प प्रतिरोधात्क संरचनामै छ । हाम्रा छिमेकी देशले पनि भूकम्प प्रतिरोधात्मक संरचना बनाउन सुरु गरिसकेका छन् । विकसित देशहरुले त भूकम्पको क्षति अत्यन्तै न्यून बनाइसकेका छन् । त्यसैले हामीले पनि भूकम्प कहिले जान्छ ? कहाँ जान्छ ? कत्रो जान्छ ? भनेर चिन्ता लिनुभन्दा अब जनचेतना र भूकम्प प्रतिरोधात्मक संरचनातर्फ ध्यान दिन अत्यन्तै आवश्यक छ ।
यो विपत् न हो । विपतको कुनै टुंगो हुँदैन । विपतलाई सामना गर्नुको विकल्प छैन । यो विपतको घडीमा कसका कुरा सुन्ने ? अहिले हामी विपतमा छौँ । यो बेला अनेक कुरा आइरहेका छन् । विदेशी विज्ञले यसो भने, उसो भने भन्ने खालका कुरा आइरहेका छन् । देशकै विज्ञले यसो भने, उसो भने भन्ने कुरा पनि सामाजिक सञ्जालमा आइरहेका छन् । यस्तो प्रकृतिको विपद शताब्दीमा एकपल्ट आउँछ । त्यसैले यसलाई व्यवस्थापन गर्न सजिलो छैन । यसबारे हल्का ढंगले टिप्पणी गर्ने, बोल्ने, लेख्ने गर्नु हुँदैन ।
यतिबेला विश्वसनीय निकाय र विज्ञको कुरा सुनिनुपर्छ । त्यस्ता कुरा मिडियाले निकै गम्भ ीरतापूर्वक जनतासम्म पुर्याउनुपर्छ । तर, हाम्रोमा लथालिंग ढंगले समाचार र विश्लेषण आएको अवस्था पनि छ । विदेशमा त त्यो देशको आधिकारिक निकायको सूचना र विश्लेषण मात्रै बाहिर ल्याइने गरिन्छ । हाम्रोमा भूगभर्र््िद्को कुनै खाँचो छैन । यसबारे स्वदेशमै अध्ययन, अनुसन्धान गराइन्छ । विदेशमा अध्ययन गरेर आएका भूगभर्र््िद्हरु पनि हुनुहुन्छ ।
त्यसैले अहिले विदेशी विज्ञ वा जथाभावी आइरहेका विश्लेषण सुनिनु पनि दुर्भाग्य हो । यस्तो विपतका बेला सरकारको आधिकारिक निकायको कुरा सुनिनुपर्छ । कसैलाई त विश्वास गर्नैपर्यो । यो संकटका घडीमा तर्क-वितर्क गर्ने होइन । तर्क त संकट टारेपछि गरौँला । सरकारले पनि जनतालाई वास्तविक सूचना दिनुपर्छ । विपतको वास्तविकताबारे जनतालाई बुझाउनुपर्छ । आज हामी विपतमा छौँ । अहिले कतिले आफन्त, घरबास, सम्पत्ति गुमाउनुभएको छ । कति घाइते हुनुभएको छ । यो विपतको घडीमा सबैले धैर्यधारण गरी सहयोगी हात बढाउनुको विकल्प छैन । सँगसँगै हामीले भूकम्पबारे सतर्कता अपनाउनु छँदै छ ।
तत्कालको सतर्कता
० भत्किएको, चर्किएको घरमा नबस्ने ।
० घरमै भएका बेला भूकम्प आएमा टेबलमुनि वा ढोकाको खापाको बीचमा उभिने । यसो गर्दा घर सामान्य क्षति भएको अवस्थासम्म हामीलाई चोट लाग्दैन । सकेसम्म जिउ नसके टाउकोसम्म जोगाउने ।
० खुला ठाउँमा जाने अवस्था छ भने जाने ।
० हिँड्दा सकेसम्म खुला ठाउँबाट हिँड्ने ।
० गाडीमा भए सकेसम्म खुला ठाउँमा पार्किङ गर्ने । गाडीबाट ननिस्कने । किनभने, बाहिर निस्केर भाग्दा झनै दुर्घटनामा पर्न सकिन्छ । तर, गाडीलाई केही चिजले थिच्ने अवस्था आयो, गाडी अगाडि बढ्ने अवस्था भएन भने भाग्नैपर्ने स्थिति पनि आउँछ ।
० भूकम्प शान्त भएपछि निस्कने सुरक्षित ठाउँबारे जानकार हुनुपर्छ ।
० घरमा गमला बाँधेर राख्नुपर्छ । ढलेर मिच्ने खालका ठूला सामान बेग्लै राख्ने । भित्तामा अड्याएर ठूला सामान नराख्ने ।
० घर बनाउँदै हुनुहुन्छ भने सम्बन्धित विज्ञको सल्लाह लिने ।
० स्कुल, खुला चौर, नदी-खोला किनारमा संकटका बेला प्रयोग गर्न मिल्ने गरी शौचालय र खानेपानीको व्यवस्था गर्ने ।
साभारः रातोपाटी